×

वीरगंज, चैत १७ - सरकारले जानकारपुरलाई प्रदेश नम्बर दुईको आस्थायी प्रादेशिक राजधानी घोषणा गरे पछि वीरगंजलाई स्थायी राजधानी बनाउनु पर्ने माग गर्दै सुरु गरिएको आन्दोलन र अनशनमा विगत केहि हफ्ता देखि सहभागी नआए पछी अन्योलम देखिएको छ ।

प्रदेश नम्बर दुईको प्रादेशिक राजधानीको माग गर्दै वीरगंजको घण्टाघरमा शुरु गरिएको रिले अनशनमा केहि हफ्ता देखि सुन्य सहभागिता देखिएको छ । सुरुका दिनहरुमा विभिन्न संघ संस्थाहरुले अनशनस्थल मै पुगी एकबद्धता देखाए पनि अहिले अनशनस्थल पुरै सुनसान देख्ने गरेको छ । राजधानीको मागलाई अगाडी बढाउन संगठित वीरगंज संघर्ष समितिले आन्दोलनलाइ पुन: बल दिन चैत २० गते वीरगंज बन्दको घोषणा समेत गरेको छ तर अनशनस्थलमा सहभागिता नदेखिंदा र संघर्ष समितिको सदस्यहरुको सक्रियता कम्जोर हुँदै जाँदा समितिले आगामी दिनहरुमा गर्न लागेको अन्तरक्रिया, मशाल जुलुस र बन्दा जस्ता कार्यक्रमहरु हुने-नहुने भन्ने कुरामा समेत द्विविधा उत्पन्न हुनथालेको छ ।

प्रादेशिक राजधानी अस्थायीरूपमा जनकपुर घोषित भएपनी स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई मतले तोकिने संवैधानिक व्यवस्था रहेकोले प्रदेशसभा बैठक सरल रुपले नबसे सम्म अनशनको औचित्य नरहेको स्थानीय राजनीतिक विश्लेषक र नेताहरुको भनाई रहेको छ ।

प्रदेश सरकारको पहलमा संघर्ष समिति र सरकार विच वीरगंजलाई राजधानी बनाउने विषयमा एक चरणको वार्ता समेत भएको छ । मुख्यमन्त्री लालबाबू राउत गद्दीको पहलमा भौतिक पूर्वधार मन्त्रि जीतेन्द्र सोनलमार्फत संघर्षरत पक्ष संग वार्ता गरिएको थियो तर वार्ता विफल भएपछि अर्को चरणको वार्ता भने हुनसकेको छैन ।

संघर्ष समितिले समितिले बिहान १० देखि साँझ ६ बजेसम्म र साँझ ६ देखि बिहान १० बजेसम्म दुई चरणमा रिले अनशन गर्दै आएपनि अहिले अनशनस्थलमा उपस्थिति नभए पछि अनशनको नाममा घण्टाघरमा एउटा पण्डालले मात्रै बाकि रहेको छ । राजनीतिक विश्लेषक तथा नागरिक समाजका अगुवाहरुले अनशन अघोषित रुपमा स्थगित भएको समेत बताउने गरेका छन् ।

Back to top