×

वीरगंज,चैत १७ - विगत एक हप्तादेखि पर्सा राष्ट्रिय निकुञ्जको भावर क्षेत्रमा डढेलो लागिरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनु भएको छ ।

सुख्खा मौसम शुरु भएसँगै हावाको चाप बढ्ने र डढेलो लाग्ने क्रम बढेको प्रमुख आचार्यले जानकारी दिनु भएको हो । हाल निकुञ्जको दक्षिणी भावर क्षेत्रमा बढी डढेलो लागेको छ । पानी नपरेकाले डढेलो छिटो फैलन थालेको हो । गत बर्ष एकैदिनमा ६ सयभन्दा बढी स्थानमा डढेलो लागेको थियो । निकुञ्जमा प्रवेश गर्ने गोठालाले चुरोटको ठुटा र सलाई कोरेर फाल्दा आगो लाग्ने गरेको छ ।

यसबाहेक मानवीय गतिविधि नभएको क्षेत्रमा पनि हावाको अत्यधिक बेगमा रुखहरुको आपसी घर्षणबाट आगोको झिल्का उत्पन्न भई डढेलो लाग्ने गरेको उहाले बताउनु भयो । डढेलो रोक्न प्रशासनले निकुञ्जको विभिन्न क्षेत्रमा फायर लाइन बनाएको छ । एक भागबाट अर्को भागमा आगो फैलिन नदिन निकुञ्ज क्षेत्रमा २ सयदेखि २५० किलोमिटर फायर लाइन बनाइएको छ ।

Back to top