×

वीरगंज, चैत्र १५ –बारा । नेपाल आयल निगम अम्लेखगञ्ज शाखाले पेट्रोलियम पदार्थ बोक्ने ट्रयांकरहरु बाट चुहावटलाई न्युनीकारण गर्नलाई ‘लक’ प्रक्रियामा ल्याउँने भएको छ ।

कर्मचारीको मिलोमतोमा ट्रयाकरबाट पेट्रोलियम पदार्थ चुहावट हुँने गरेका घटना बढ्न थाले पछि नेपाल आयल निगम अम्लेखगञ्ज शाखाले बैशाख एक गते देखि यो प्रक्रिया लागु गर्ने अगाढी बढाईएको छ ।

‘लक’ प्रक्रिया लागु गरिए पछि भारतको मोतिहारी–रक्सौल देखि नेपालको अम्लेखगञ्ज सम्म आई पुगे पछि त्यहाँका कर्मचारीको सहयोगमा मात्रै खोल्न सकिने छ । सवारी चालक र सम्बन्धित क्षेत्रका कर्मचारी कै निगरानिमा लक बन्द हुँने र खोलीने भए पछि चुहावट शुन्या अवस्थामा ल्याउँन सकिने नेपाल आयल निगम अम्लेखगञ्ज शाखाका क्षेत्रिय प्रमुख ईन्जिनियर प्रदिप कुमार यादवले बताए । छिमेकी मुलुक भारतमा लागु भईसकेको यो प्रक्रिया नेपालका नयाँ सवारी साधनमा रहेको तर , पुरानो सवारी साधनमा नरहेकोले अब अनिर्वाय गर्न लागिएको यादवको भनाई छ । उनले सवारी धनिलाई बैशाख एक गते भित्र आफ्ना सबै ट्रयाकरमा अनिवार्य लकिङ्ग सिष्टम लागु गर्न जानकारी गराईसकेको बताए । अहिले आयल निगम अम्लेखगञ्ज शाखा अन्र्तगत दैनिक करिब तीन सयको हाराहारीमा ट्रयांकरहरु सञ्चालनमा रहेका तर जस मध्ये हाल सम्म एक सय ट्रयांकरमा मात्र ‘लक’ प्रक्रिया शुचारु रहेको निगमले जनाएको छ । यदी तेकिएको समय भित्र लक प्रक्रियाको पालना नगर्ने ट्रयांकरलाई शाखामा प्रवेश निषेध गराइँने प्रमुख यादावले बताए ।

Back to top