शालिमार होम्सको बिक्री सुरु

1738

वीरगंज, चैत १५ – शालिमार ग्रुपले वीरगंजमा निर्माण गरेको आवासीय योजना शालिमार होम्सको बिक्री सुरु भएको छ । बिहीबार एक औपचारिक कार्यक्रमबीच प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबुराउत गद्दीले अपार्टमेण्ट बिक्रीको शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री गद्दीले वीरगंजमा आवासीय प्रयोजनको यो अपार्टमेण्ट विकासको उपक्रम भएको बताए ।

बिक्री सुरु गरेको पहिलो दिन १५ ओटा अपार्टमेण्ट बुकिङ भएको समूहले बताएको छ । यो संरचनामा पर्याप्त पार्किङ, पौडीपोखरी, चौविसै घण्टा बिजुलीको आपूर्ति, सुरक्षाका लागि सीसीटिभी क्यामराको निगरानी र सुरक्षा गार्ड, प्रत्येक तलाका लागि २ ओटा सिँढी र लिफ्ट, बालबालिकाहरूका लागि खेल मैदानलगायतका सुविधा रहेको समूहका उपाध्यक्ष अशोककुमार वैदले बताए ।

शालिमार समूहले डेढ अर्ब रुपैयाँको लगानीमा ल्याएको यो योजनामा अहिले ४५ ओटा अपार्टमेण्ट बिक्रीका लागि तयारी अवस्थामा रहेको समूहका उपाध्यक्ष वैदले बताए । अन्य ५० ओटा अपार्टमेण्ट निर्माण भइरहेको पनि उनले बताए ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here