×

वीरगंज, चैत्र १४ - पर्सामा फेरि अर्को बलात्कारको घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बहुदरामाई नगरपालिका–५ का २३ वर्षीय मणिभूषण पाण्डेले १० वर्षिया बालिका बलात्कार गरेको प्रहरीले पक्राउ गरेको छ ।

स्कुलबाट फर्किएर बाख्रा लिन जाँदा ती बालिका बलात्कारको शिकार बनेकी थिइन् । पाण्डेले ती बालिकाको बाख्रा आफ्नो घरमा बाँधेर राखि बालिकालाई फुकाएर लान लगाएका थिए ।

प्रहरीका अनुसार पाण्डेको घरभित्र बाख्रा फुकाउन जाँदा उनले ढोका थुनेर बालिकालाई बलात्कार गरेका हुन् । त्यसपछि बालिका चिच्याउन थालेको र आवाज सुनेर स्थानीय महिलाहरु घटना स्थल पुगेको प्रहरीले जनाएको छ । त्यसपछि पाण्डेले बालिकालार्इ छाडेर भागेका थिए । उनलाई डकैला प्रहरीले पक्राउ गरेकाे छ ।

पीडित बालिकाको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ परिक्षण हुँदै छ ।

फागुन अन्तिममा पर्साकै पोखरिया–४ का २० वर्षीय सुनिल साह तुराहाले एक नाबालिकालाई बलात्कार गरेका थिए ।

Back to top