×

वीरगंज चैत्र १४ - माओवादी केन्द्रको भातृ विद्यार्थी संगठनले ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजका क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।

अखिल क्रान्तिकारी पर्साका संयोजक सन्दिप बिक्रम साहद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा विधार्थीको सर्टिफिकेटका आधारमा शैक्षिक लोन दिनुपर्ने ब्यावस्था तत्काल कार्यन्वयन गर्नुपर्ने, विधार्थीलाई अध्यन सँगै पार्ट टाईम कामको ब्यावस्था गर्नूपर्ने, राष्ट्रिय आवशयकताको पहिचान गरि सोही अनुसार पाठयक्रम, जनशक्ति र प्रबिधिको तयार गर्नुपर्ने, विश्व विधालयका क्याम्पस लगायत सम्पुर्ण शैक्षिक क्षेत्रमा राजनितिक भागबन्डा खारेज गर्नुपर्ने, पुर्ण क्षात्रबृति पारदर्शी रुपमा कार्यान्वयन गर्नुपर्ने, प्रशनपत्र नेपाली र अँग्रेजी दुबै भाषामा हुनुपर्ने लगायतका माँगहरु गरिएको छ ।

Back to top