×

वीरगंज, फागुन ३० - अार्थिक नगरी वीरगंजका सृजनशील युवाहरुको समुह संस्कृतीले पाँच दिने नि:शुल्क आधारभूत फोटोग्राफी कार्यशाला गर्ने भएको छ ।

पर्सा, बारा र आसपासका क्षेत्रमा गुणस्तरीय फोटोग्राफर उत्पादन तथा फोटोग्राफीमा रूचि राख्ने शाैखिन र क्यामेरा चलाउन सिख्ने व्यक्तिहरूकाे सहयोगका लागि कार्यशाला गर्न लागिएको अायाेजक संस्थाले जनाएको छ ।

यहीँ चैत्र ६ गते मंगलबारदेखि १० गते शनिवारसम्म वीरगंज महानगरपालिका कार्यालयको सभा हलमा अायाेजना हुने कार्यशाला वीरगंज महानगरपालिका, पप्पु कन्स्ट्रक्सन, सिमा इट्टा उधोग, वीरगंज उधोग वाणिज्य संघ, मोहित ग्रुप, कोशिश फाउण्डेसन र संघीय प्रेस फोरमकाे सहयोगमा सञ्चालन हुन लागेकाे संस्कृतिले जनाएको छ ।

पाँच दिन सम्म चल्ने उक्त कार्यशालामा बढिमा १५ जना सहभागीले भाग लिन सक्ने आयोजक संस्थाकी टिम लिडर शैली चौधरीले जानकारी गराईन ।

नेपालका ख्याति प्राप्त डकुमेन्ट्री फोटोग्राफर किशोर शर्मा प्रमुख प्रशिक्षण रहेकाे यस कार्यशालामा पर्सा र बारामा कार्यस्थल बनाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा आबद्ध रहेका फोटो पत्रकारहरुकाे विशेष कक्षा समेत गराइने छ । टिम लिडर शैली चौधरीले भनिन्, 'तराईको गाउँ/शहरसँग परिचित तर फोटोग्राफी सिक्न इच्छुक भएका व्यक्तिहरुका लागि यो कार्यशाला आयोजना गर्न लागेका हौँ । यहाँका माैलिक फाेटाेहरूलाई कसरी चिन्न सक्ने र ती फाेटाेहरूलाई क्यामरामा कैद गरेर कसरी दर्शाउन सकिन्छ, विशुद्ध रूपमा त्यसैका लागि याे कार्यशाला राखिएको हाे ।'

कला क्षेत्रमा काम गर्ने वीरगंजको अग्रगामी संस्थाको रुपमा परिचित संस्कृतले आफ्नो स्थापनाकाल देखि नै युवा लक्षि्त विभिन्न सृजनशिल कार्यहरु गर्दै अाएकाे छ । विगत ५ वर्षको अवधिमा एक दर्जन भन्दा बढि फोटोग्राफी, चित्रकला, नृत्य, म्युजिक, लेखन लगयातका शिर्षकमा कार्यशालाहरु संस्कृतिले निरन्तर रुपमा आयोजना गर्दै अाएकाे छ । त्यसैगरी संस्थाले वीरगंजका विभिन्न स्थानहरुमा भित्ते चित्र बनाई सहरलाई सुन्दर बनाउने अभियान समेत चलाईसकेको छ ।

चैत ६ देखि अायाेजना हुने फाेटाेग्राफि कार्यशालामा सहभागी हुनका लागि संस्कृतिले आफ्नो फेसबुक पेजमा उपलब्ध गराएको अनलाइन आवेदन फारम भरि आफुले अहिले सम्म खिचेको कुनै १० वटा उत्कृष्ट फाेटाेहरु समावेश गरी संस्कृतिलाई इमेल पठाउनुपर्ने प्रावधान राखिएको छ । अथवा आदर्शनगर स्थित सहारा स्पोर्ट्समा उपलब्ध गराइएको फारम भरि चैत्र ४ गते सम्म बुझाउनु पर्ने व्यवस्था मिलाइएको संस्थाका सह-संस्थापाक आँशु सर्राफले बताए । प्रमुख प्रशिक्षक किशोर शर्मा र संस्कृतिका अन्य सदस्यहरुले आवेदनमा लेखिएको उत्तर र पठाइएको तस्विरका आधारमा १५ सहभागी छान्ने छन् र कार्यशाला पुर्नरूपमा निःशुल्क हुनेहुदाँ कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने भएको सर्राफले जनाए ।
Back to top