ने.रा.शि.सं. ठोरीको प्रथम अधिवेशन सम्पन्न

349

Share
  •  
  •  
  •  

यात्रा संवाददाता/बिजयबस्ती (पर्सा) फाल्गुण-२६ नेपाल राष्ट्रिय शिक्षक संगठन ठोरीगाउँपालिका को प्रथम अधिवेशन आज ठोरी गाउँपालिका ३ ओडारमा सम्पन्न भएको छ । पर्सा जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष ठाकुर नेउपानेकोे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमक नेपाल राष्ट्रिय शिक्षक संगठन ठोरी गाउँपालिकाका निवर्तमान संयोजक गोपीलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । ने.रा.शि.सं. मकवानपुरका पुर्व कोषध्यक्ष केशव प्रसाद शर्माले उद्घोषण कार्यक्रमको बिशिष्ट अतिथि नेपाल राष्ट्रिय शिक्षक महासंघ पर्साका सचिव विनोद गिरी रहनु भएको थियो भने अतिथिहरुमा ने. रा.शि.सं. केन्दीय प्रतिनिधि केशव प्रसाद रेग्मी, ने.रा.शि.सं. पर्साका जिल्ला सदस्य बशीर अहमद, शिक्षकहरु कामोध्या प्रसाद चौधरी, सुर्य खड्का, पिताचन्द्र ढुङ्गेल, झमक बहादुर श्रेष्ठ, लोक बहादुर खत्री लगायत रहनु भएको थियो । उक्त अधिवेशनले कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा २१ सदस्यीय नेपाल राष्ट्रिय शिक्षक संगठन ठोरी गाउँपालिका समिति गठन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा गोपीलाल श्रेष्ठ, सचिवमा नेमा तामाङ, कोषाध्यक्षमा लक्ष्मण बखती, महिला सचिवमा शर्मिला लामा, महिला कोषाध्यक्षमा कमला चुडाली रहनु भएको छ । त्यस्तै सदस्यहरुमा खडग बहादुर खड्का, राजेन्द्र कुमार कार्की, पिताचन्द्र ढुङ्गेल, नारायण श्रेष्ठ, तेजमाया अधिकारी, भगवती घिमिरे, हेम चापागाई र इमा बोहोरा निर्वाचित भएका छन् । त्यस्तै अधिवेशनले भुपाल कुमार जोशी र सिता देवकोटालाई प्रदेश प्रतिनिधिका लागि चयन गरेको छ । साथै आजको उक्त अधिवेशनले संगठनलाई आवश्यक अन्य सदस्यहरु चयन गर्ने जिम्मा पनि नवनिर्वाचित समितिलाई हस्तान्तरण गरेको नव निर्वाचित अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिनु भयो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here