×

काठमाण्ढाै २० फागुन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य माननीय विमल श्रीवास्तवले आज संघीय संसदमा सपथ ग्रहण गर्नुभएकोछ । निर्वाचित प्रनिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

माननीय श्रीवास्तवले मधेसको भेषभूषामा सजिएर मातृभाषा भोजपुरीमा सपथ लिनु भएको छ । स्थानीय भेषभूषामा सजिएर मातृभाषामा सपथ ग्रहण गर्नुलाई मधेसको पहिचान, अधिकार र समतामूलक विकासको अभियानको रुपमा लिइएको छ । सांसद विमल श्रीवास्तव मधेस र मधेसीको अधिकारको पूर्णता र विकासलाई मुख्य चुनावी एजेण्डा बनाएर चुनावमा पर्साको क्षेत्रनम्बर २ बाट भारी बहुमतले विजयी हुनुभएको थियो । सुरुआतमै आफ्नो पहिचान, भाषा र संस्कृतिलाई महत्व दिनुले मधेस अधिकार र समृद्धिको उद्देश्य सार्थक हुने विश्वास गरिएको छ ।

Back to top