×

काठमाण्ढौ २० फागुन पर्साको क्षेत्र नम्बर १बाट विजयी भएका सांसद प्रदिप यादव भोजपुरीमा सपथ लिने भएका छन् । संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदलाई फागुन १८ गतेसम्म जानकराी गराउन समय दिएको थियो । प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले सपथका लागि ८ भाषामा रोजेका छन्। विभिन्न सांसदले आफूले चाहेको भाषामा सपथ लिन संसद सचिवालयमा निवेदन दिएका छन्।संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेका सांसद प्रदिप यादवले संसद सचिवालयमा मातृभाषा भोजपुरीमा सपथलिने निवेदन दर्ता गराएका छन् । आइतवार सासदहरुको हुने सपथग्रहण कार्यक्रममा धोती ,कुर्ता र पगरीको पहिरणमा भोजपुरीमा सपथ लिने बताउदै उनले भने ‘मैले संसद सचिवालयमा मातृभाषा भोजपुरीमा नै सपथ लिने निवेद २ नम्बरमै दर्ता गराएको छु ।’ मधेस आन्दोलनको मुख्य मागंनै भाषा,संस्कृती र पहिचान भएकोले आफ्नो मातृभाषा भोजपुरीमा सपथ लिने बताए ।

हालसम्म ४० भन्दा बढी सांसदले मातृभाषामा सपथ लिने जानकारी गराएका हुन्। सपथको व्यहोरासमेत सम्बन्धित सांसदले अनुवाद गरेर संसद सचिवालयाई दिनुपर्ने प्रावधान अनुसार नेता यादवले भोजपुरी भाषामै सपथको अनुवाद दर्ता गराइ सकिएको पार्टीले जनाएको छ । संसद सचिवालयले आउँदो २० गते ३ बजे राष्ट्रिय सभाका सांसद र ४ बजे प्रतिनिधि सभाका सांसदका लागि सपथ राखेको छ।

Back to top