वीरगंजमा गोली प्रहार, गम्भिर घाइतेको थप उपचारका लागि काठमाडौँ पठाइयो

2551

वीरगन्ज १७ फागुन  वीरगंजमा अज्ञात समूहको गोली प्रहारबाट एक युवक गम्भिर घाइते भएका छन् । गोली लागेर बिरगंज महानगरपालिका वडा नम्बर १३ निवासी का ३० वर्षीय उमेशप्रसाद चौरसिया गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनु भयाे । पेटमा गोली लागि गम्भिर घाइते भएका चौरसियाको वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएको छ ।
होली पर्वको पूर्वसन्ध्यामा गोली चलेपछि वीरगंजका वासिन्दा त्रसित बनेका छन् ।