लागु औषध सहित २ जना युवकलाई पक्राउ

201

वीरगञ्ज १५ फागुन पर्सा प्रहरीले अबैध लागु औषध सहित २ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ७ का १८ वर्षीय तरुण जंग गिरी र सोही ठाउँका २० बर्षीय ईन्तिहाज अंसारी रहेका छन । जिल्ला प्रहरी कार्यालय पर्साको लागु औषध नियन्त्रण ब्युरो शार्खाबाट खटिएको प्रहरी टोलीले उनीहरु दुबैलाई भारतको रक्सौलबाट लागु औषध बोकी बीरगञ्ज तर्फ आइरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा बरिगञ्जको रजतजयन्ती चोकबाट पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ६९ पिस नाईट्रोभेट ट्याब्लेट बरामद गरेकोे छ । पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतमा राखी आवशयक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक राजन लिम्बुले जानकारी दिनु भयो ।
यसै गरि पर्सा प्रहरी चौकी पाण्डेपुरबाट प्रहरी.साहेक.निरीक्षक सुकर महतोको कमाण्डमा खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा अबैध घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा फेला पालेको छ । फेला पारेको मदिरा स्थानियको रोहवरमा सो मदिरा भट्टी सहित तयारी मदिरा ४०० लि. नष्ट गरीएको पहरीले जनाएको छ ।