×

चिरञ्जीवी यादव फाल्गुन,७ पर्सा सखुवाप्रसौनी गाउँपालिकाको वडा न.३ कौवाबनकटैयालाई आज एक कार्यक्रम बीच पुर्ण खोप युक्त गाउँपालिका घोषणा गरिएको छ। वडा कार्यालयको आयोजनामा वडा कार्यालयको प्राङ्गणमा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि पर्सा क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियार र बिशिस्ट अतिथी सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप कुमार जयसवाल कार्यक्रममा पर्साको क्षेत्र न ३ (क)प्रदेश सभा सदस्य पहलाद गिरी, पर्सा क्षेत्र न ३(ख) प्रदेश सभासद्स्य अबदुल रहीम अंसारी,गाउँ पालिका स्वास्थ्य संयोजक राजेश रौनियार, जन स्वास्थ कार्यालय पर्सा प्रमुख राजकिसोर पडित, स्वास्थ्य कर्मी भुजेन्द्र यादव,सन्चारकर्मी, सुरक्षाकर्मीहरु लगाएतको उप्स्तिथी रहेको थियो। सखुवाप्रसौनीगाउपालिका वार्ड नम्बर,३ कौवाबनकटैयाको वडा ध्यक्ष सलिम मियाँ अंसारीको अध्यक्षतामा भएको कार्यक्रम मा प्रमुख अतिथि हरिनारायण रौनियारले पुर्णखोयुक्त गाउँपालिका घोश्णा गर्नु भएको थियो। २ नम्बर प्रदेशको दोस्रो पुर्णखोप युक्त गाउँ पालिका घोषणा भएको हो। वडाध्यक्ष सलिम मियाँ अन्सारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Back to top