×

वीरगन्ज ७ फागुन प्रादेशिक राजधानीका लागि वीरगञ्जमा आन्दोलन गरिरहेको संघर्ष समितिलाई वार्ताको लागि आव्हान गरिएको छ । प्रदेश नं २ को मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयले संघर्ष समितिलाई वार्तामा आउन भनेको हो ।

कार्यालयका सचिव हरि प्रसाद फुयाँलले पत्रचार गरी वार्तामा आउन भनेका छन् । पत्रमा प्रदेश नं २ को राजधानी वीरगञ्ज हुनुपर्दछ भन्दै वीरगञ्ज राजधानी संघर्ष समितिले गर्दै आएको आन्दोलनलाई वार्ताको माध्यमले समाधान गर्नु उपयुक्त रहेकोले वार्तामा आउन भनिएको छ ।

वार्ताको जिम्मेवारी भने भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले पाएका छन् । मुख्य मन्त्री लालबाबु राउतले वार्ता मार्फत समस्या समाधान गर्ने जिम्मा सोनललाई दिएका हुन् ।

मुख्यमन्त्री लालबाबु राउत गद्दीले जारी गरेको पत्रमा प्रदेश राजधानीको माग गर्दै वीरगञ्जमा जारी आन्दालनलाई वार्ताकै माध्यमबाट समाधान गर्नुपर्ने भएकोले प्रदेश सरकारको तर्फबाट वार्ता गरी समस्या समाधान गर्ने जिम्मेवारी सोनललाई दिएको उल्लेख छ ।

जनकपुर प्रदेश न २ को अस्थायी राजधानी तोकिने संकेत पाएदेखि नै वीरगञ्जमा प्रादेशिक राजधानीका लागि आन्दोलन चलिरहेको छ । संघर्ष समितिकै आव्हानमा ४८ दिनदेखि रिले अनशन पनि चलिरहेको छ । महमुद अन्सारीको नेतृत्वमा सोमबार तेज प्रकाश निषाध, इब्रान हुसैन, सागिर अहमद, चन्देश्वर तिवारी, मिगेन्द्र कुमार साह, कृष्ण दास लगायत रिले अनशनमा बसेका छन् ।

यता वीरगन्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित गत महिनादेखि वीरगन्जको घण्टाघरमा शुरु भएको रिले अनसन आज ४८ औ दिन पनि जारी रहेको छ ।

वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाईमा प्रदेश नम्बर २ को राजधानी बीरगञ्जलाई नै बनाउनुपर्ने दबाब सहित रिले अनसन शुरु भएको हो । रिले अनसनको ४८ औ दिन आज महमुद अन्सारी को नेतृत्वमा तेजप्रकाश निसाद,सागिर अहम्द,ईमरान हुसेन,चन्देशवर तिवारी,मृगेन्द्र कुमार साह,कृष्णा दास,पारस साह लगायत अनसनमा बसेका छन ।

अनसनकारिहरुलाई एमालेका नेता शम्भु गुप्ताले फुलमाला लगाएर स्वागत गर्नु भएको थियो ।बीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनका लागि शुरु गरिएको रिले अनसनमा बारा र पर्साका बिभिन्न संघ संस्थाहरुले एकबद्धता पनि जनाईसकेका छन ।बिरगञ्जलाई प्रादेशिक राजधानी नबनाएसम्म अनसन कार्यक्रम जारी रहने बिरगञ्ज राजधानी संघर्ष समितिले जनाएको छ ।

Back to top