×

वीरगन्ज,फागुन ४ गते । संघिय समाजवादी फोरम निकट पत्रकारहरुको संगठन संघिय प्रेस फोरमको पर्सा शाखा गठन भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आज सम्पन कार्यक्रममा पत्रकार आर.के. पटेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको घोषणा गरिएको हो । वरिष्ठ पत्रकार विजय कुशवाहाको सभापतित्वमा भएको घोषणा कार्यक्रममा संघिय समाजवादी फोरम पर्साका अध्यक्ष एवं सांसद प्रदिप यादवले संघिय प्रेस फोरम पर्साको घोषणा गर्नु भएको हो । समितिको उपाध्यक्षमा श्याम कुशवाहा , लालबाबु बानिया, सचिवमा आशु सर्राफ, सहसचिवमा अंजुकुमारी महतो, कोषाध्यक्षमा राम कुशवाहा, सदस्यहरुमा एेनी कुंवर, दिपक ठाकुर ,हेमन्त तामाङ, निखिल वर्णवाल, प्रमोद यादव ,जनाब आलम, संतोष साह, मनिषा श्रेष्ठ लगायत रहनु भएको छ । यसैगरि राम सर्राफको संयोजकत्वमा रहेको सल्लाहकार समितिमा अनिल तिवारी , विजय कुशवाहा, ध्रुव साह , चन्द्र भुषण साह (संजय) रहनु भएको छ । घोषणा सभालाई सम्बोधन गर्दै सांसद प्रदिप यादवले संघिय प्रेस फोरम पर्साको पत्रकारीता मर्यादित तथा व्यवस्थित बनाउन अग्रसर हुने बताउनु भयो साथै नेपाल पत्रकार महासंघ पर्सासँग समन्वय गरि पत्रकारिताको विकाश र उत्थानकालागि प्रेस फोरमले महत्वपूर्ण भुमिका खेल्ने सांसद यादवले बताउनु भयो । कार्यक्रममा सांसद हरिनारायण रौनियार , वीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगी , जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा , प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनप तिवारी , प्रेस सेण्टर पर्साका अध्यक्ष निरज पिठाकोटे मगर लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो । आर.के पटेलले सहजीकरण गर्नु भएको कार्यक्रममा रेडियो वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साहले स्वागत मन्तव्य राख्नु भएको थियो । यता पर्सामा संघिय प्रेस फोरम गठन संगै नेपाली कांग्रेस निकटको प्रेस युनियनलाई ठुलो धक्का लागेको छ । प्रेस युनियन पर्साको कोषाध्यक्ष रहेका राम कुशवाहाको नेतृत्वमा कार्यसमितिका आधा दर्जन भन्दा बढी सदस्यहरु संघिय प्रेस फोरममा आवद्ध भएपछि युनियनलाई ठुलो झटका लागेको छ ।

Back to top