×

वीरगन्ज ३ फागुन । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत सहित दुई मन्त्रीले ३ भाषामा सपथ ग्रहण गरेका छन् ।

आज जनकपुरमा प्रदेश प्रमुख कार्यालय रहेको जनकपुर चुरोट कारखाना मैदानमा भएको सपथ समारोहमा मुख्यमन्त्री मो. राउतले भोजपुरी भाषामा सपथ ग्रहण गरेका छन् ।

यसका साथै गठन गरिएको सानो मन्त्री मण्डलमा राजपाबाट जीतेन्द्र सोनलले अर्थ तथा वाणिज्य मन्त्रीको पद तथा गोपनियताको सपथ मैथली र हिन्दीमा लिएका हुन ।

सोनलले सपथ मैथिलीमा सुरु गरेपनि केही क्षणपछि हिन्दी भाषा प्रयोग गरेका थिए ।

यस्तै, नव नियुक्त मन्त्रीमण्डलको भौतिक तथा पूर्वाधार मन्त्री विजय यादवले भने मैथिलीमा सपथ लिएका थिए ।

प्रदेश नं. २ मा हिन्दी भाषाको विरोध जारी रहेको बेला मन्त्री मण्डलले हिन्दीमा सपथ लिएका हुन् ।

यसअघि मुख्यमन्त्रीले प्रदेश सभा बैठकमा हिन्दीमा बोलेपनि आज सपथ ग्रहण कार्यक्रममा भोजपुरी भाषा प्रयोग गरेको हो ।

पर्सा जिल्लाबाट निर्वाचित मुख्यमन्त्री मो. राउत विरोधपछि आफ्नै भाषामा सपथ लिएका हुन ।

मन्त्रीमण्डल यस्तो

मो. लालबाबु राउत गद्दि : मुख्यमन्त्री

जीतेन्द्र सोनल : अर्थ तथा वाणिज्य मन्त्री

विजय यादव : भौतिक तथा पूर्वाधार मन्त्री

Back to top