पत्रकार साह र गौतमले पाए गोपाल गिरी कृयाशिल पत्रकारिता पुरुस्कार

375

Share
  •  
  •  
  •  

बीरगञ्ज  १ फागुन स्वर्गीय गोपाल गिरी स्मृति पत्रकारिता पुरुस्कार पर्साका २ जना पत्रकारहरुलाई प्रदान गरिएको छ ।बिगत लामो समयदेखि पर्सा जिल्लामा पत्रकारिता गर्दै आउनु भएका पर्साका पत्रकार एवम नेपाल पत्रकार महासंघ पर्सा शाखाका पुर्ब उपाध्यक्ष ध्रुव शाह र महेश चन्द्र गौतमलाई लाई प्रदान गरिएको छ ।नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा मगलबार एक कार्यक्रमका बिच शाहलाई पुरुस्कृत गरिएको थियो  ।२५÷२५ हजार नगद राशि सहितको पुरुस्कार नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले पत्रकारद्धय शाह र गौतमलाई प्रदान गरेका थिए ।हरेक बर्ष एक जना क्रियाशिल पत्रकारलाई प्रदान गरिदै आएको पुरुस्कार अघिल्लो बर्र्षमा प्रदना गर्न नसकिएकोले अघिल्लो र यस बर्षको पुरुस्कार पनि यसैबर्ष बिरतण गरिएको थियो । नेपाल पत्रकार महासंघ पवर्सा शाखाका अध्यक्ष शयाम बन्जाराको अध्यक्षतामा भएको पुरुस्कार बितरण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंह,पर्सा क्षेत्र नमबर १ का सांसद प्रदिप यादव,२ का सांसद बिमल श्रीवास्तव,वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी,वीरगन्ज उद्योग वाणिज्य संघका सचिव रविन्द्र वर्णवाल,, संघीय प्रहरी इकाई कार्यालय वीरगन्जका प्रहरी बरिष्ठ उपरीक्षक सुर्य प्रसाद  उपाध्याय लगायतको सहभागिता रहेको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here