×

बीरगंज २९ माघ महाशिवरात्रीको अवसरमा हिन्दू परिषद नेपाल पर्साले बीरगंज स्थित अलखिया मठ मन्दिरको बृहत सरसफाई गरेको छ । परिषद पर्साका अध्यक्ष धर्मेन्द्र पटेलको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा मन्दिर संचालक समितिका पदाधिकारी, परिषद्का सदस्यहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सत्रृmय सहभागितामा सरसफाई भएको थियो । सरसफाई कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, केन्द्रिय सदस्यहरु सुरेश साह कानु, अजिता देवी पटेल, नारायणी अञ्चल अध्यक्ष हरेन्द्र बाबा, वरिष्ठ सल्लाहकार चन्द्रनारायण रिजाल, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक अनिष कर्ण, सशस्त्र प्रहरी बिओपी श्रीर्सिया सई गोविन्द लामिछाने, सशस्त्र प्रहरी सिडिओ कार्यालयका सई रामशरण सिलवाल, अलखिया मठ संचालक समितिका अध्यक्ष सुपेन्द्र बहादुर श्रेष्ठ, उपाध्यक्ष संजय जोशी, हिन्दू परिषद पर्साका वरिष्ठ उपाध्यक्ष डा अनिल झा, उपाध्यक्षहरु राजकुमार मिश्रा, उषा पटेल, जिल्ला सदस्यहरु अनिल पटेल, रानी श्रीवास्तव, संगिता देवी, बीरगंज महानगर समितिका अध्यक्ष दिपक साह कानु, परिषद् बारा जिल्लाका अध्यक्ष सुकदेव साह कानु लगायत सशस्त्र प्रहरीका २२ जना र नेपाल प्रहरीका २२ जनाको सहभागिता रहेको थियो ।

Back to top