×

बीरगंज २८ माघ । बीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले सबै ग्यास बिक्रेताहरुलाई एक जुट हुन आग्रह गर्नु भएको छ । नेपाल पत्रकार महासंंघको सभाकक्षमा आयोजित ग्यास अधिकृत बिक्रेता संघको पाँचौ साधारण सभालाई प्रमुख अतिथीको आसनबाट बोल्दै उपाध्यक्ष गुप्ताले ग्यास अधिकृत बिक्रताहरुमा देखिएको समस्याको समाधानका लागि बीरगंज उद्योग वाणिज्य संघ सधै साथमा रहने बताएका हुन । ग्यास अधिकृत बिक्रेता संघ पर्साका अध्यक्ष महेन्द्र कुँवरको अध्यक्षतामा आयोजित कार्यक्रममा बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, अतिथी रेडियो बीरगंजका कार्यकारी अध्यक्ष धु्रव साह, ग्यास बिक्रेता महासंघका केन्द्रिय सल्लाहकार गणेशमान श्रेष्ठ, नुरआलम, केन्द्रिय सदस्य मनोज सर्राफ, राजु सर्राफ, लियो बारा ग्यास उद्योगका संचालक निर्मल खत्री, अम्बर ग्यासका संचालक, अम्बर क्याल, मनोज ग्यास उद्योगका प्रतिनीधि बिकाश उपाध्याय, नेपाल ग्यासका सुजित श्रीवास्तव, जगदम्बा ग्यासका राज कुमार चौरसिया लगायतले ग्यास बिक्रेतामा देखिएको समस्यालाई आन्तरिक रुपमा समाधान गरि अगाडी बढन सुझाव दिएका थिए । कार्यक्रममा स्वागत मन्तब्य संघका सचिव रामनाथ साहले दिएका थिए भने कार्यक्रमको सहजीकरण संघका महासचिव बिरेन्द्र साहले गर्नु भएको थियो ।

कार्यक्रममा पश्चात साधारण सभाको बन्द शत्रले बिरेन्द्र साहले अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिती चयन गरिएको छ । उपाध्यक्षमा इन्द्रजीत रौनियार, मनोरञ्जन साह, महिला उपाध्यक्षमा सिन्धु कुमारी साह, महासचिवमा बिनयलाल साह, सचिवमा रामनाथ साह र कोषाध्यक्षमा कुन्दन श्रेष्ठ रहेका छन । त्यसैगरी सदस्यहरुमा निरन्जन साह, राम कुँवर, अनिल श्रेष्ठ, बिकाश साह, बिष्णु यादव, कुरान अंसारी, सुरेश गुप्ता, सिकेन्द्र पटेल, रुपेश पटेल, राजन कुश्वाहा, नरेन्द्र साह, रुपेन्द्र गुप्ता, राजेश गुप्ता र शर्मालाल साह रहेका छन ।

Back to top