×

वीरगंज २७ माघ राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले वीरगंजका सुन चाँदी व्यापारीहरुको पसलमा गत हप्ता फिल्मी शैलीमा छापामारी गरेको थियो ।

गत १५ गते वीरगंजको माइस्थानमा रहेको ओम ज्वेलर्स र लिकं रोडमा रहेको वालाजी टेड्रर्समा राजस्व अनुसन्धान पथलैयाका प्रमुख दिब्य पोख्रेल, शाखा अधिकृत भीम देवकोटा र शसस्त्र प्रहरीको टोलीले हिन्दी फिल्मको शैलीमा तस्करी गरी ल्याईएको सुन र चाँदीको सुरागमा छापामारेका थिए । उक्त क्रममा सुन व्यापारीहरुले हुल हुज्जत गरेका थिए । हुल नियन्त्रण गर्न थप सुरक्षाकर्मी बोलाएर राजश्व अनुसन्धानले बिरगञ्जका सुन पसलहरुमा छापा मारेको थियो । छापामारी पश्चात माइस्थानमा रहेको ओम ज्वेलर्समा रहेको सुन चाँदीका गहना समेत बरामद गरेको थियो, भने सञ्चालक सर्राफलाई कार्यालयमा उपस्थित हुन पत्राचार गरेको थियो ।

सोही पत्र अनुसार ओम ज्वेलर्सका प्रोपराइटर पंकज सर्राफ २३ गते राजस्व अनुसन्धान कार्यालय पथलैयामा हाजीर भए, हजीर हुना साथ सर्राफको बयान सुरु भयो र उनलाई ३ महिना कैद र रु १ करोड ९५ लाख धरौटी मांग गर्दै सोहि दिन ईलाका प्रहरी कार्यालय सिमराको थुनुवामा पठाइयो । भोली पल्ट अर्थात् माघ २४ गते राजस्व अनुसन्धान पथलैयाका प्रमुख दिब्य पोख्रेल र व्यवसायी विच मोलीमोलाई सुरु भयो र सिमरा प्रहरीमा थुनिएका सुन व्यपारी पंकज सर्राफलाई सुनियोजित तरीकावाट छुटाउन नाटक मन्चन गरीयो । योजनाबद्ध मन्चन अनुसार नाटकीय ढंगवाट सरार्फलाई छाती दुखाइयो र उनलाई वीरगंजको नेश्नल मेडिकल कलेजमा भर्ना गरेका अभिनय गराइयो । नेश्नल मेडिक कलेजको आई सियुको रेकर्डमा भर्ना भएका पंकज सरार्फ आफनो पसलमा नियमीत कारोबार गरिरहेका थिए । यो रहस्मयी कुरामा करोडौंको चल खेल भएको राजश्व अनुसन्धान कार्यालय पथलैया कै कर्मचारीले जानकारी दिएका छन् ।

यस सम्बन्धमा नेश्नल मेडीकल कलेजका डाइरेक्टर डा । प्रमोद सर्राफ संग सम्र्पक गर्दा उनी हिजो राजस्वले पठाएको पंकज सर्राफ नाम गरेको ब्यक्ति आइ सियु को वेड नं २७५ मा भर्ना भएको स्वीकार्दै उनको किड्नीको समस्या रहेको तर टेस्टहरु हुदै गरेको वताए ।

पंकजका भाई वन्टी सर्राफले सिमरा प्रहरीमा थुनुवामा रहेका अवस्थामा छातीमा समस्या आएकाले अस्पताल ल्याएको वताए ।

यस सम्बन्धमा कुरा गर्दै उद्योग वाणीज्य संघका अध्यक्ष तथा विधायक ओम प्रकाश शर्माले राजस्व अनुसन्धानले पंकज सर्राफलाई ३ महिना कैद र १ करोड ९५ लाख जरिवाना गरेको स्वीकार गर्दै व्यपारीलाई जेल हाल्ने काम नगर्न र यहाँका व्यपारीलाई अनावाश्यक दुख नदिन आग्रह गरेको बताए । उनले पनि पंकज सर्राफ विरामी भएकै कारण निजलाई नेश्नल मेडीकल कलेजमा भर्ना गरेको वताए ।

यता पर्सा सुन चाँदी व्यवसायी संघका अध्यक्ष मुन्ना सर्राफले पनि पंकजलाई राजस्वले कैद र जरिवाना गरेको तर विरामी भएकोले ब्यबसायीहरुको आग्रहमा अस्पताल भर्ना गरेको बताए ।

यस सम्बन्धमा राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख दिब्य पोख्रेलले ओम ज्वेलर्सका प्रोपराइटर पंकज सर्राफलाई अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिएको बताएका छन् । उनको बयान लिने क्रम जारी रहेका कारण एक दिन सिमरा प्रहरीमा थुनामा राखेको स्वीकार गदै अनुसन्धानको क्रममा रहेको समयमा विरामी भएको कारण प्रहरीका साथ अस्पताल भर्ना गरेको वताउदै अनुसन्धान जारी रहेको बताएका छन् ।

माघ २४ गते दिन भरीको वार्गेनीङ्ग पश्चात कुरा मिले पछि नाटकीय ढंग वाट ओम ज्वेलर्सका संचालकलाई उम्काउन करोडौको चलखेल भएको स्रोतले बताएको छ । स्थानिय स्तरमा हुने गरेका सुन तस्किरी नियन्त्रण गर्नु पर्ने राजश्वका हाकीम कै निहित स्वार्थका कारण भएको अनियमितता रोक्न अख्तियारको ध्यानाकर्षण हुनु पर्ने स्थानिय ब्यसायीको भनाई छ ।

Back to top