वीरगंजलाई प्रादेशिक राजधानीको माग गर्दै विशाल विरोधसभा

1157

Share
  •  
  •  
  •  
वीरगंज, १९ माघ वीरगंजलाई प्रादेशिक राजधानीको माग गर्दै वीरगंज राजधानी संघर्ष समितिले आज घण्टाघरमा विशाल विरोधसभा गरेको छ ।
विरोधसभामा बोल्दै नेकाका नेता एवं सांसद ओमप्रकाश शर्माले वीरगंजलाई प्रादेशिक राजधानी बनाउन जोड दिए । उनले जनकपुरलाई राजधानी बनाएर वीरगंजसंग अन्याय गरेको बताए ।
कार्यक्रममा माओवादी केन्द्रका बाबूराम कौशिक, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतले सम्बोधन गर्दै वीरगंजलाई राजधानी बनाउन सशक्त आन्दोलन गर्ने बताए ।  आजको विरोधसभामा जनसमुदायको उल्लेख्य उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here