×

वीरगंज, १४ माघ नेपाल तेक्वान्दो संघको प्रदेश नम्वर २ को आज सम्पन्न भेलाले युवा नेता राजेशमान सिंहको नेतृत्वमा तदर्थ समिति गठन गरेको छ । वीरगंजमा सम्पन्न भेलाले सिंहको नेतृत्वमा २३ सदस्यिय तदर्थ समिति गठन गरेको हो ।

समितिको उपध्यक्षमा ४ जना चयन गरिएको छ । उपध्यक्षहरुमा प्रहरी नायव महानिरीक्षक गणेश केसी, यातायात व्यवसायी विनोद मानन्धर, राजनीतिकर्मी शिव पटेल र उद्योगी गोपाल केडिया छन् । मानन्धर, पटेल र केडिया तीनै जना पर्साका हुन् ।

यस्तै महासचिवमा ज्ञानेन्द्र झा (धनुषा) चयन भएका छन् भने सचिवमा विजय शाह ठकुरी (पर्सा) र कोषाध्यक्षमा अजित पाल सिंह (पर्सा) लाइ चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा भूषण यादव (पर्सा), रम्भा मिश्र (पर्सा), मुन्नी श्रीवास्तव (पर्सा), प्रेमबाबु पटेल (पर्सा), बालकृष्ण पोखरेल (पर्सा), मिना लामा (बारा), शंकर लामा (बारा), जीत सिंह लामा (बारा) र हेमलाल श्रेष्ठ (बारा) चयन भएका छन् । यसैगरी धनबहादुर लामिछाने (रौतहट), चेतबहादुर सिंह (सर्लाही), भूमिलाल लामा (सिराहा), मुकेश कुमार कर्ण (सप्तरी), संजय यादव (धनुषा), किशोर श्रेष्ठ (महोत्तरी) चयन भएका छन् ।

समितिले २ नम्वर प्रदेशमा तेक्वान्दो खेलको संवर्दन र प्रवर्दनका लागि आवश्यक काम गर्ने अधिकार पाएको छ ।

Back to top