×

बीरगंज, १३ माघ शिरिषको फुल समाजिक संस्थाले आज एक कार्यक्रमका बीच गरिब, दलित एवं एकल महिलाहरुलाई १८५ थान कम्बल वितरण गरेको छ ।

पर्सा जिल्ला अन्तर्गत टिकुलियामा ६१ थान, चोर्नीमा २५ थान, महुवनमा २५ थान, मुर्लीमा ४५ थान र कोनीहामा २९ थान कम्बल वितरण गरेको शिरिषको फुल समाजिक संस्था पर्सा शाखाका अध्यक्ष चन्द्रप्रभाकर प्रसादले बताए ।

वितरण टोलीमा संस्थाका पर्सा जिल्ला उपाध्यक्ष विनादेवी साह, सहसचिव अजय मुखिया, कोषाध्यक्ष कृष्ण प्रसाद साह, सल्लाहकार रामएकबाल साह, जिल्ला कार्य समिति सदस्यहरु आनन्द कुमार साह, उर्मिला देवी, लाल बाबु साह, संस्थाका कर्मचारी मधु चौधरीले कम्बल वितरण गरेका थिए । यस अघि सो संस्थाले माघ ९ गते पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाको वडा ३ नगरदाहा र वडा नं. ६ गम्हरियामा २०८ थान कम्बल वितरण गरेको थियो ।

शिरिषको फुल समाजिक संस्था केन्द्रिय कार्यालय काठमाण्डौ वडा नं. १४ कुलेश्वरको आर्थिक सहयोगमा सो कम्बल वितरण गरेको हो ।
Back to top