×

वीरगञ्ज, ७ माघ संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको विरोधमा वीरगञ्जमा कालो झण्डा सहित वीरगन्जमा प्रदर्शन गरिएको छ । प्रादेशिक राजधानीको माग गर्दै वीरगन्जमा आन्दोलनमा रहेको संघर्ष समितिले कालो झण्डा सहित प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई मध्य नजर गरेर घण्टाघर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन माग गर्दै संघर्ष समितिका सह संयोजक एवं पूर्व सांसद राजकुमार गुप्ता नेतृत्वको टोलीले टायर बाल्नुका साथै कालो झण्डा सहित कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । संघर्ष समितिको शनिबार बसेको बैठकले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्ज प्रवेश निषेध गर्ने निर्णय गरेको थियो ।

नेता उपेन्द्र यादव वीरगञ्ज महानगरपालिकाको प्रथम नगर सभाको उद्घाटनका लागि वीरगञ्ज आएका हुन् । अध्यक्ष यादवको विरोधमा नाराबाजी गर्दै घण्टाघरमा प्रदर्शन भएपनि नेता यादव भने अर्को बाटो हुँदै नगरसभा स्थल ‘टाउन हल’ पुगेका छन् ।

विरोधमा प्रदर्शन हुने पूर्व सूचना पाएका कारण नेता यादवलाई वीरगञ्जको मुख्य सडकबाट नभई सहायक बाटो हुँदै नगरसभा स्थलमा पु¥याईएको फोरमका नेताहरुले बताएका छन् । फोरमका नेता कार्यकर्ताहरुले भने यादवको समर्थनमा वीरगञ्जको मुख्य सडकमै मोटरसाईकल ¥याली निकालेका थिए ।

Back to top