×

वीरगन्ज ३ माघ प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगञ्जमा त्यसको चर्को विरोध शुरु भएको छ । वीरगञ्जको घण्टाघरमा साँझ ६ बजेदेखि नै टायर बालेर वीरगञ्जमा विरोध प्रदर्शन भईरहेको छ । प्रादेशिक राजधानीका लागि गठित संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताको नेतृत्वमा विरोध प्रदर्शन गर्नुका साथै चक्का जाम समेत गरिएको छ । प्रदर्शनकारीहरुले नम्बर नखुलेको सरकारी गाडीको शिशा समेत फोडिदिएका छन् । संघर्ष समितिले भोलि वीरगञ्ज अनिश्चित कालिन बन्दको समेत आव्हान गरेको संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ता बताउनुहुन्छ । उहांका अनुसार अव निकै लमो संघर्षको आवश्यक्ता रहको धारणा आज अयोजित कोणसभामा राख्नुहुँदै मधेश आन्दोलनको केन्द्र रहेको बीरगंजमा यहाँका राजधानी नतोकेर यहाँका नागरिक माथि सरकारले अन्याय गरेकोले जवसम्म बीरगंजलाई प्रदेशको राजधानी बनाइँदैन तबसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिनुभएको थियो । उता आन्दोलन परिचालन कमिटीका सचिब श्याम पटेल र शम्भु गुप्ताले पनि आन्दोलन नरोकिन झन बढेर जाने बताए । जानकारी दिए । एम्बुलेन्स, दमकल अत्यावश्यक सवारी साधन बाहेक सम्पूर्ण पसल बजार सबै ठप्प पार्ने संघर्ष समितिले जनाएको छ ।

Back to top