×

चिरञ्जीवी यादव,वीरगन्ज २८ पुस चिसो र शितलहरबाट प्रभावितहरुलाई नेपाली सेनाले कम्बल वितरण गरेको छ ।श्री चण्डी प्रसाद गण बिरगञ्ज्का गण्पति प्रमुख सेनानी श्री जँग बहादुर मल्लको नेतृत्वमा शित लहरीबाट प्रभावित पर्सा सखुवा प्रसौनी गाउपालीका वडा नं ५ महुवनका दलित बस्तीमा असहाय ५० परिवाहरुलाई ५० थान कम्बल वितरण गरिएका छ ।पर्सा जिल्लामा रहेको विभिन्न निकार्यहरुको समन्वयमा असहाय गरिब दलित परिवारहरुलाई कम्बल बितरण गर्नुका साथै उनीको टोपी, विस्कुट र बच्चाहरुलाई दुध समेत वितरण गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्र्स महुवन उपशाखाको सभापति गणेश राम, तथा स्थानीय बासिन्दाहरुको रोहबरमा बितरण भएको थियो ।नेपाली सेना सुरक्षामा सदेब अगाडी रहि दैवि प्रकोप समाज सेवा जस्ता स्रहानिय कार्यमा समेत अगाडी रहि शितलहरको समयमा पनि राहत उपलब्ध गराएकोमा स्थानीयबासीले धन्यबाद दिएका छन् ।

Back to top