×

वीरगन्ज ९ पुस बुधवार बिहान सुपर ग्यास उद्योगमा आगलागी हुँदा झण्डै दुर्इ करोड रुपैयाँभन्दा बढिको क्षति भयो। यसबाहेक दुर्इ वटा गाडी तथा भारतबाट आएको चार वटा ग्यास ओसार्ने वुलेट पनि जलेर नष्ट भए।

संयोग नै भन्नु पर्छ, कम्पनीका सञ्चालकले उद्योगमा आगलागी हुनु तीन दिनअघि मात्र बीमा गराएका थिए। बीमा गरेका कारण सञ्चालकले ठूलो आर्थिक नोक्शानी ब्यहोर्नु नपर्ने भएको छ।

उद्योगको बीमा समय मंगलबार सकिँदै थियो। आगलागी भोलीपल्ट बुधबार भयो। तर कम्पनीले आगामी बर्षको बीमाको शुल्क आइतबारै बुझाइसकेको थियो।

कम्पनीले सगरमाथा जनरल इन्स्योरेन्स कम्पनीमा उद्योगको मात्र दुर्इ करोड सात लाख रुपैयाँ बराबरको बीमा गराएको थियो।

यदि उद्योगले बीमा नवीकरण नगराएको भए सबै सम्पतिको क्षति आँफैले ब्यहोर्नु पर्ने थियो। उद्योगले सगरमाथा इन्स्योरेन्ससँग विगत तीन वर्षदेखि बीमा गर्दै आएको छ।

सगरमाथाका प्रमुख कार्याकारी अधिकृत चंकी क्षेत्रीले उद्योगका साथै एउटा गाडीको पनि पनि बीमा भएको थियो। तर आगलागीमा परेको गाडी उद्योगको नभइ अरुकै रहेको क्षेत्रीले जानकारी दिए।

आगलागी भए लगत्तै बीमा कम्पनीले बुधवार नै आफ्नो सर्वेयर खटाएर क्षतिको मुल्याङ्कन गर्ने काम सुरु गरिसकेको छ। मुल्याङ्कनपछि थप अध्ययन गरी चाँडोभन्दा चाँडो दाबी भुक्तानी गर्ने क्षेत्रीले जानकारी दिए।

ुउद्योगले जतिछिटो आवश्यक कागजपत्र उपलब्ध गराउँछ, त्यति नै चाँडो दाबी भुक्तानी गर्छौुं क्षेत्रीले भने।

उद्योगको मात्र करिव दुर्इ करोड रुपैयाँ भन्दा केही बढी क्षति भएको हुँदा बीमाबाट क्षतिपुर्ती हुने कम्पनीका संचालक अव्दुल खयर अन्सारीले बताए।

मोटरको छुट्टै बीमा गरिएको हुँदा उद्योगले धेरै आर्थिक क्षति बेहोर्नु नपर्ने अन्सारीले बताए। ुबीमाप्रति चनाखो भएको हुँदा हामी धेरै ठुलो आर्थिक क्षतिबाट बच्यौुं उद्योगका ब्यवस्थापक दिवाकर झाले भने।

जलेका दुई भारतीय ट्याङ्करको पनि भारतीय कम्पनीले नै बीमा गराएको हुन्छ।

साभार बिजमाण्डू

Back to top