×

वीरगन्ज , ५ पुष - प्रतिनिधिसभामा पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादवले सुपर ग्यास उद्योगमा बुधबार भएको भीषषण आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

भारतको पटना विश्व विद्यालयको कार्यक्रममा सरकि हुन बुधबार पटनामै रहेका संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष समेत रहेका सांसद यादवले आगलागीको घटनाले आफु दु:खी भएको जानकारी दिँदै मृतकहरुको आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गर्नुभएको छ ।

उहाँले घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई जनही एक-एक लाख र घाईतेहरुको उपचारका लागि जनही ५०-५० हजार रुपैया सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ । घटनाको बारेमा जानकारी पाए लगत्तै आफुले आगो नियन्त्रणका लागि विहार सरकारसँग समन्वय गरी रक्सोलको भारतीय आयल निगमसँग रहेको वारुणयन्त्र आगलागी नियन्त्रणका लागि पठाउने पहल गरेको उहाले बताउनु भयो ।

घटनाको बारेमा बुधबार बिहानै देखि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग बारम्बार सम्पर्कमा रहेर घटनाको बारेमा जानकारी लिएको पनि उहाले बताउनुभयो । उहाँले दु:खद घटनाको विषयमा सत्यतथ्य छनविन गर्नका लागि उच्च स्तरीय छानविन टोली गठन गर्नुपर्ने माग गर्दै दोषी देखिए दोषी माथि कडा भन्दा कडा कारवाही हुनुपर्ने माग समेत गर्नुभएको छ । यसका साथै मृतकका परिवारलाइ क्षति पुर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्च व्यवहोर्न सरकारसंग माग पनि गर्नु भएको छ ।

उद्योगमा भएको आगलागी नियन्त्रणका लागि भारतको बिहार सरकारसंग समन्वय गर्ने क्रममा आफुसंगै पटनामा रहेका रौतहटका सांसद अनिल झा र वरिष्ठ पत्रकार चन्द्र किशोरले पनि निक्कै सहयोग गरेको सांसद यादवले बताउनु भयो । अति संवेदनशील रहेको ग्यास उद्योग र प्लान्टहरु मानव वस्तीबाट टाढाको ठाँउमा स्थानान्तरण गर्न पनि उहाले नेपाल सरकारसंग माग गर्नु भएको छ ।

Back to top