×

वीरगंज,मंसिर २८ - जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि आज म्यादि प्रहरीले प्रदर्शन गरेका छन् । आफुले पाउनु पर्ने तलब भन्दा कम तलब पाएको आरोप लगाउदै आज जिल्ला प्रहरी कार्यालय अगाडि चक्का जाम गर्दै मयादी प्रहरीहरुले प्रदर्शन गरेका हुन ।

५५ दिन काम गरेवापत पाउनुपर्ने ६४ हजार रुपैयाको ठाउँमा केवल ४५ हजार रुपैया पाएको भन्दा म्यादी प्रहरीहरुले आज चक्का जाम गर्दै प्रदर्शन गरेका हुन । पोशाक र पाउनुपर्ने तलबमा प्रहरीले भ्रष्टाचारी गरेको आरोप लगाउदै म्यादि प्रहरीहरुले जिल्ला प्रहरी कार्यालय पर्सा बिरुद्ध चर्को नारावाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।

आफुले पाउनुपर्ने तलब नपाए सम्म चक्का जामि जारि रहने प्रदर्शन गर्दै गरेका म्यादी प्रहरीहरुले बताएका छन् । यस सन्दर्भमा पर्सा प्रहरी प्रमुख डा. गणेश रेग्मी संग बुझ्दा उहाँले तलव वितरणमा कुनै पनि किसिमको भ्रष्टाचार नभएको बताएका छन् । "हामीले उहाँहरु संग बसेर कुरा गरौँ भएका छौं तर केहि अनलाइनहरुमा गलत समाचार प्रकाशन भएको आधारमा उहाँहरुले हामि माथि दोष लगाउनु भईरहेको छ, हामिले कुनै किसिमको भ्रष्टाचारी गरेका छैनौं," प्रहरी प्रमुख डा. रेग्मीले भने ।

Back to top