×

वीरगन्ज, मंसिर २५ – पर्सा निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार एवं राजपाका वरिष्ठ नेता लक्षमणलाल कर्ण निर्वाचित भएका छन् ।

आफ्नो निकटम प्रतिद्वान्द्धि नेपाली कांग्रेसका पुर्व सांसद रमेश रिजाललाई ६ हजार ३६ मतको अन्तरले पराजित गर्दै फोरम-राजपा गठबन्धनका कर्ण निर्वाचित भएका हुन् ।

फोरम-राजपाका कर्णले २० हजार ७ सय ३८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वान्द्धि नेपाली कांग्रेसका रिजालले १४ हजार ७ सय २ मत ल्याएका छन् । त्यस्तै रिजाललाई पछ्याउदै बाम गठबन्धनका संयुक्त उम्मेदवार एवम् पुर्व सभासद उर्मिला अर्यालले ९ हजार ६ सय १७ मत प्राप्त गरेकी छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा पनि फोरम-राजपा गठबन्धनले आफ्नो कब्जा जमाएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादव निर्वाचित भएका छन् भने क्षेत्र नम्बर २ मा फोरम नेपालका वरिष्ठ नेता विमल प्रसाद श्रीवास्तव निर्वाचित भएका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा फोरम नेपालका केन्द्रिय सदस्य हरिनारायण प्रसाद सा रौनियार निर्वाचित भएका छन् ।

Back to top