×

बीरगञ्ज २२ मंसिर पर्सा जिल्लाको मतगणना आज दिउसो १ बजेदेखि सुरु हुने भएको छ ।आज बिहान १० बजे बसेको सर्बदलिय बैठकपछि दिउसो १ बजेदेखि प्रतिनिधी र प्रदेश सभाको मतगणना गरिने छ । मतगणना स्थलमा दलका उम्मेदवार वा प्रतिनिधी मध्ये एक जना प्रतिनिधी सभा र एक जना प्रदेश सभाको मतगणना स्थलमा बस्न पाउने छन । मतगणना स्थलमा झोला ब्याग मोबाईल लैजान नपाईने ब्यावस्था गरिएको म्ख्य निर्बाचन अधिकृत नागेन्द्र लाल कर्णले जानकारी दिन् भयो । मतगणना स्थलको सुरक्षा ब्यावस्था कडा बनाईको छ। नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना सुरक्षाका लागि खटाईको छ ।

Back to top