×

सप्तरी, २१ मंसिर स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको गृहनगर महादेवा गाउँपालिका वडा नम्बर दुईको मतदान केन्द्रमा मतदाताहरु मतदान गर्न गएका छैनन् । डा. राउतले हिजो मात्रै एउटा अपिल जारी गर्दै निर्वाचन बहिष्कारका लागि आग्रह गरेका थिए । सो मतदान केन्द्रमा अहिलेसम्म मत हाल्न एक जना मतदाता पनि गएका छैनन् । गाउँका कोही पनि मतदान गर्न नगएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिए । यो केन्द्रमा २८३ जना मतदाता छन् ।

Back to top