×

वीरगन्ज २२ मंसिर पर्सा जिल्लामा ६५ प्रतिशत भन्दा बढि मतदान भएको प्रारम्भीक अनुमान गरीएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ । १ सय ६७ मतदान स्थलमा ३ सय ५१ मतदान केन्द्र मार्फत भएको मतदानको एकिन विवरण सवै मतपेटिका सदरमुकाम वीरगंज आएपछि मात्रै प्राप्त हुने मुख्य निर्वाचन अधिकृत नागेन्द्र लाल कर्णले बताउनुभयो ।

साँझ ५ बजे मतदान सम्पन्न भएसँगै जिल्लाका सबै मतपेटिका शिलबन्दी गरी सदरमुकाम वीरगंज ल्याउन शुरु गरीएको छ । सदरमुकाम नजिकका मतपेटिकाहरु राति १० बजेसम्म आईपुग्ने र लामो दुरीमा रहेका मतपेटिकाहरु राती २ बजेसम्म आईपुग्ने कर्णले जानकारी दिनुभयो । वीरगंजको श्रीपुरमा रहेको नेपाल राष्ट्रिय विद्यापिठ उच्च माविमा मतगणना हुने छ ।

कुल २ लाख ८९ हजार ५४ जना मतदाता रहेको पर्सामा १ लाख २४ हजार ४ सय ९ महिला, १ लाख ६४ हजार ६ सय २९ पुरुष र १६ जना तेश्रो लिङगी मतदाता रहेका छन् । पर्सामा चार प्रतिनिधि सभा र आठ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ ।

Back to top