×

बीरगंज २१ मंसिर । पर्सा जिल्लामा आज शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । समग्रमा पर्सा जिल्लामा ६५ प्रतिशत भन्दा बढी मतदान भएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताउनु भयो ।

शहरी क्षेत्रमा कम मतदान भए पनि ग्रामिणक्षेत्रमा ७० प्रतिशत भन्दा बढी मतदान भएको छ । शहरी क्षेत्रमा ६० देखि ६५ प्रतिशतको हाराहारीमा मत खसेको प्रमुख जिल्ला अधिकारी सिंहले जानकारी दिनुभयो ।

मतदान सम्पन्न भएसँगै पर्सा जिल्लाको क्षेत्र नम्बर ४ अन्तरगत पर्ने ठोरी इलाका देखिका मतपेटिकाहरु संकलन गरी सदरमुकाम विरगंज ल्याउनु पर्ने र सम्पूर्ण मतदान केन्द्रबाट मतपेटिका आउन समय लाग्ने भएपछि मतगणना कार्य भोलि बिहान १० बजेपछि मात्रै हुने मुख्य निर्वाचन अधिकृत नागेन्द्र लाल कर्णले बताउनुभयो ।

मतदान सम्पन्न भएसँगै मतपेटिका सिल गरी मतगणना स्थल बीरगंजको श्रीपुरस्थित विद्यापिठ उच्च माविमा ल्याउने कार्य शुरु भएको छ । बीरगंजका रहेका मतदान केन्द्रका मतपेटिकाहरु समयमै आइपुग्ने भएपनि ग्रामीण मतपेटिकाहरु सुरक्षित बीरगंज ल्याई पु¥याउन समय लाग्ने मुख्य निर्वाचन अधिकृत कर्णले बताउनुभयो ।

मतपेटिका आइसकेपछि दलिय सहमतिको आधारमा मतगणना शुरु गरिने पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले बताउनु भयो ।

Back to top