×

वीरगन्ज मंसिर १४ संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एंव फोरम राजपा गठबन्धनका तर्फबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवको बुधवार वीरगन्जको गहवामा घरदैलो भएको छ । गहवावासीको आगाध स्नेह देखिएपछि यादवले भने, ‘गहवा माइको कृपाले गहवावासीको पुर्ण आर्शिवाद देखिएको छ ।’

घरदैलोमा स्थानीयको निकै उत्साह देखिएको छ । वीरगन्ज वडा नम्बर ८ मा बिहान यादव र क्षेत्र १ को दुईबाट प्रदेश सभा उम्मेदवार लालबाबु राउत गद्दीको घरदैलो भएको हो । गहवा माता मन्दिर नजिकबाट सुरु भएर गहवाभरी ब्यापक जनसहभागिताविच घरदैलो चलेको थियो । यादवले जनताको सदभाव र स्वागत बटुल्न भ्याई नभ्याई भएको थियो । यसपाली आफुहरु मधेसवादी र सक्षम नेतृत्व रोजेकोले प्रदीप यादव र फोरम राजपा गठबन्धनलाई भारी बहुमतसाँथ जिताउने स्थानीयले प्रतिक्रिया दिए ।

घरदैलोमा पुर्वमन्त्री करिमा बेगम, फोरम नेपालका नेताहरु महमद नुरुल होदा, शेख जलसुद्दीन, राजुद्दीन बाबु, ज्याति मिया, युवा नेताहरु दिपराज बर्मा, प्रकाश शर्मा, सरफरोज मन्सुरी, रोहित बर्णवाल लगायत तथा सयकडौं नेता कार्यकर्ताको उपस्थिती रहेको थियो भने स्थानीयको ब्यापक सहभाग्तिा रहेको थियो ।

Back to top