×

वीरगन्ज मंसिर १२ - संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एंव फोरम राजपा गठबन्धनका तर्फबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवको मंगलवार भएको घरदैलोमा अभुतपुर्व नजउत्साह देखिएको छ । वीरगन्ज वडा नम्बर २१ मा बिहान यादव र प्रदेश सभा उम्मेदवार जन्नत अन्सारीको घरदैलो भएको हो ।

ताजपुरबाट सुरु भएको घर दैलो लिपनीमाल हुदै परवानीपुरमा पुगेर टुँगिएको थियो । नेता यादवले फोरम नेपालप्रति बढ्दो जनउभार र जनलहरले आफुहरुको जित सुनिश्चित भएको बताउदै बिपक्षीहरु असोभनीय हर्कतमा उत्रिएकोमा नआतिन कार्यकर्तालाई आग्रह गरे ।

यादवले जनताको सदभाव र स्वागत बटुल्न भ्याई नभ्याई भएको थियो । फोरमको घरदैलोका कार्यक्रम सुनेर स्थानीयहरु भुमिएका थिए । यसपाली आफुहरु मधेसवादी र सक्षम नेतृत्व रोजेकोले प्रदीप यादवलाई भारी बहुमतसाँथ जिताउने स्थानीयले प्रतिक्रिया दिए । मधेसको अधिकारका लागि भएका आन्दोलनहरुमा सो क्षेत्रका जनताले सक्रिय भुमिका गरेको यादवले बताए ।

घरदैलोमा फोरम नेपालका नेताहरु राधाकृष्ण रौनियार, नागमणी उपाध्याय, संजय मण्डल, हृदयनारायण कुशवाहा, इन्द्रदेव महतो, अजय महतो, ऋषी श्रीवास्तव, हरी हुशवाहा, कृष्ण कुशवाहा, लगायत तथा सयकडौं नेता कार्यकर्ताको उपस्थिती रहेको थियो भने स्थानीयको ब्यापक सहभाग्तिा रहेको थियो ।
Back to top