×

मुलुक अहिले निर्वाचनको माहोलमा र चुनावी सरगर्मी उच्च बिन्दुमा पुगेको छ । स्थानिय तहको निर्वाचन सफलतापुर्वक सम्पन्न भएपछि प्रदेश र प्रतिनिधी सभाको सदस्य चुन्नका लागि हुन लागेको यो निर्वाचन धेरै अर्थमा महत्वपुर्ण छ । मुलुकले नयाँ संविधान पाइसकेको अवस्थामा अब निर्वा्चित हुने जनप्रतिनीधीहरुको मुख्य एजेन्डा बिकाश र समृद्धि नै हुनेछ भन्नेमा दुइमत छैन् । तसर्थ, अब हामीले चुन्ने व्यक्तिहरुको काँधमा मुलुकको बिकाश र समृद्धिको अभिभारा हुनेछ । यस अर्थमा हामीले आफ्नो मतको पुर्ण सदुपयोग गरी सामाजिक, आर्थिक, सांस्कृतिक बिकाशको अभिभारा सहर्ष निर्वाह गर्न सक्ने व्यक्तिलाई नै जिम्मेवारी दिनुपर्ने हुन्छ ।

[caption id="attachment_6100" align="alignleft" width="213"] शुसिल कुमार कानु[/caption]

संघीय गणतन्त्र नेपालको पहिलो आम निर्वाचनका लागि मुलुकभरमा सबै दलहरुले प्रतिनिधि सभा सदस्यका र प्रदेश सभा सदस्यका आ–आफ्ना उम्मेद्वारहरु चयन गरीसकेर उम्मेद्वारी मनोनयन दर्ता भइसकेको छ । तिनै उम्मेद्वारमध्ये एक हुन प्रदिप यादव । यादवले अहिले मधेस आन्दोलनको ईपिसेन्टर पर्सा जिल्लाको क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभा सदस्यको लागि फोरम–राजपा गठबनधनबाट उम्मेद्वारी दिएका छन् । संघिय समाजवादी फोरम, नेपालका एक खम्बा मानिने यादव, पार्टीभित्र मात्र होइन अहिले समग्र मधेस मै आशाका केन्द्र मानिन्छन् । उनको प्रतिष्पर्धा पुर्व सभासदद्वय विचारी यादव (वाम गठवन्धन) र अनिल रुगँटा (नेपाली कांग्रेस) सँग छ । यसअघि पनि दोश्रो संवीधानसभामा पर्साको तत्कालिन क्षेत्र नम्वर २ बाट संवीधान सभा सदस्यमा उम्मेद्वारी दिएका यादव झिनो मतले पराजित भएका थिए । यसका बावजुद यादव अहोरात्र जनताको सेवामा खटिएका थिए ।

मधेस आन्दोलनबाट राजनीतिक उचाईमा पुगेका यादव पर्सा जिल्ला तथा वीरगन्ज क्षेत्रमा एक शक्तिशाली राजनितीक व्यक्तित्वको रुपमा चिनिन्छन् । जनताको सेवा र जिल्लाको बिकासका कार्यमा कहिल्यै पछि नहट्ने स्वभावका कारण यादवले बेग्लै राजनितीक पहिचान बनाइसकेका छन् । प्रदिव यादवको लोकप्रियताको मुल्यांकन गर्नका लागि स्थानिय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर चयनका लागि भएको चुनावलाई सम्झिए मात्र पनि पुग्छ । यादवले समाज र जनताका लागि अहोरात्र गरेको मेहनत स्वरुप समाजवादी फोरम नेपालले वीरगन्ज महानगरसहित पर्सा १४ स्थानीय तहमा सर्वाधिक ठाउँमा सफलता लिन सक्यो ।

पछिल्लो समय समाजवादी फोरम प्रवेस गर्नेहरुको संख्याले पनि प्रदिप यादवको राजनितीक लगावलाई पुष्टि गर्छ । सिधा शव्दमा भन्नुपर्दा प्रदिप यादव एक जननेताको रुपमा स्थापित भएका छन् । सबैले बिस्वास गर्न सक्ने नेताको रुपमा उदाएका छन् । निर्वाचनमा पराजित भएपनि र कुनै पदमा नरहीकन पनि अहोरात्र जनहितका लागि खटीएका व्यक्ति जिल्लामा प्रदिप यादव मात्र हुन भन्नेमा कुनै शंका छैन् । त्यसमाथि मधेसी समुदायको हित र अधिकारका लागि मधेस आन्दोलनमा आफ्नो ज्यानको प्रवाह नगरी लडेका मधेसी योद्धा हुन यादव । यिनै जनसेवक यतिबेला मसाल छाप लिएर चुनावी मैदानमा उत्रिएका छन् । यस्तो अवस्थामा पर्सेली जनताले उनलाई साथ दिनु आवश्यक छ । आफ्नो अमुल्य मत प्रदिप यादवलाई दिनु आवश्यक छ । किनभने प्रदिप यादवको जित केवल उनको जित हुने छैन्, सारा विकाशप्रेमी पर्सेली जनताको जित हुनेछ, प्रदिप यादवले आफ्ना जनतामाथि गरेको आस्थाको जित हुनेछ ।

पछिल्लो पटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा संघीय गठबन्धनले उठान गरेको आन्दोलनका न्यायसंगत मागहरु पुरा नहोस भनेर प्रमुख भनिएका दलहरुको ध्येय देखिन्छ । त्यसलाई चिर्दै संबिधानलाई बिभेदरहित बनाउन हामी यतिखेर निर्वाचनमा होमिनु परेको हो । अधिकार प्राप्तिको ऐतिहासिक अवरसर निर्वाचनमा हाम्रो भागिदारीको रुपमा प्राप्त भएको छ । नयाँ संविधानलाई बिभेदरहीत र सर्वस्विकार्य बनाउने मुद्दा अझै थाती छ । शासन, प्रसाशन र विकासमा किनाराकृत गरिएका जनता र क्षेत्रको पक्षमा सशक्त रुपमा भुमिका गर्न फोरम–राजपाका प्रतिनिधीहरुको बहुमत उपस्थिती केन्द्रीय सँसद र प्रादेशिक सदनमा हुनुपर्ने आजको ऐतिहासिक आवश्यक्ता हो । प्रदीप यादव जस्ता अथक योद्धा र फोरम–राजपाका गठबन्धनका उम्मेदवारलाई अत्याधीक बहुमतसाँथ निर्वाचित गर्न न्यायप्रेमी जनतामा सादर अनुरोध छ ।

शुसिल कुमार कानु

लेखक संघीय समाजवादी फोरम नेपाल संग आबद्ध छन् ।

Back to top