×

वीरगंज, मंसिर - पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिकाको सौराहामा आज निर्वाचन आचार संहिता विपरित स्थानीयवासीलाइ बाड्नका लागि काँग्रेस कार्यकर्ताको घरमा राखिएको चापाकल बरामद भएको छ । सौराहाका काँग्रेस कार्यकर्ता कपिल देव यादवको घरबाट पाच थान चापाकल बरामद भएको हो ।

विशेस सुराकीको आधारमा आचार संहिता अनुगमन अधिकारी योगेन्द्र प्रसाद अर्यालको नेतृत्वमा गएको टोलीले यादवको घरमा राखिएको पाच थान चापाकल बरामद गरेको हो । चापाकल बरामद भएपछि आचार संहिता अनुगमन अधिकारी अर्यालले काँग्रेस कार्यकर्ता यादवलाइ निर्वाचन नसकिए सम्म उक्त चापाकल कसैलाइ नि नबाड्न भन्ने व्यवहोरा सहितको पत्र थमाएको हाम्रा सहकर्मी आर के पटेलले जनाएका छन् ।

चापाकल भेटिएको घरका धनी यादवले भने उक्त चापाकल कुनै नेता वा उम्मेदवारले दिएको नभइ स्थनीय पाच जना आफैले किनेर ल्याएको बताएको हाम्रा सहकर्मी आर के पटेलले जनाएका छन् । तर उक्त धारा काँग्रेसका उम्मेदवार अनिल रुंगटाले मतदातालाइ बाँडनका लागि पठाएको श्रोतले जनाएको छ ।

Back to top