×

मंसिर ४, धनुषा प्रहरीले हंसपुर-४ का ३२ वर्षीय ललन महतोलाई सोमबार बिहान कटुवा पेस्तोल सहित पक्राउ गरेको छ । हंसपुरमा माछा पसल गर्दे आएको र चोरीको घटनामा संलग्न रहेका महतोसँग हतियार रहेको गोप्य सूचनाको अधारमा धनुषा प्रहरीले सोमबार बिहान उनलाई पक्राउ गरेको हो । प्रक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा रोखेर अनुसन्धान भइरहेको छ ।

यस अघि शनिबार राति धनुषा प्रहरीले नलकटुवा पेस्तोल सहित तीन युवालाई पक्राउ गरेको थियो । जनकपुर स्थित रामानन्द चौकमा अबैध हतियार ल्याउँदै गरेको सूचना पाएपछि धनुषा प्रहरीले ३ जनालाई १ थान कटुवा पेस्तोल सहित पक्राउ गरी हातहतियार खरखजाना ऐन अन्तर्गत म्याद थप गराई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । १६ वर्षीय सौरव पटेल, १८ वर्षीय विकास यादव र १९ वर्षीय अतिश यादवलाई रामानन्दचौकबाट प्रहरीले पक्राउ गरेको हो ।

एक साताअघि धनुषाको सबैलाबाट प्रहरीले अवैध हतियार सहित दुई जनालाई पक्राउ गरेको थियो । गोप्य सूचनाको अधारमा सबैला नगरपालिका-८ ठिलाबाट स्थानीय ५७ वर्षीय सकुर मियाँ र सबैला ४ का २० वर्षीय अनिल पासवानलाई कटुवा पेस्तोल १ थान, एस एल आरको गोलि ३ राउण्ड सहित प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनिहरुबारे अनुसनधान भइरहेको छ ।

आसन्न निर्वाचणलाई मध्यनजर गर्दै सर्च अभियान चलाएका प्रहरीले पछिल्लो दुई दिनमा लगातार हतियार बरामद गरेको हो । उच्च सुरक्षा सतर्कता अपनाएको धनुषाका प्रहरीले एक सातयता लगातार सानो हतियार पक्राउ गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको चुनाव नजिकिँदै गर्दा धनुषामा अपराधि क्रियाकलाप मौलाएको छ । चुनावी तापमान बढ्दै गएको बेला आपराधिक क्रियाकलाप समेत बढ्दै गएको छ। प्रहरीको उच्च सुरक्षा सतर्कता बढाएको बेला लगातार हतियार बरामद हुनु र धनुषाको मिथिला नगरपालिकामा युवा मृत अवस्थामा सव बरामद हुनुले सुरक्षा चुनौती थपिएको छ ।

शनिबार बिहानै साथीसँग घरबाट वैदेशिक रोजगारीमा जानका लागि मेडिकल चेक जाच गराउन हिडेका धनुषा, मिथिला नगरपालिका २ नक्टाझिजका २० वर्षीय प्रदिप ठाकुर मृत अवस्थामा भेटेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत अवस्थामा भेटिएको युवाको विषयमा प्रहरीको अनुसन्धान सफलता तर्फ अगाडि बढदै गएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

युवा मृत अवस्थामा फेला परेको घटना र एक सातामा तीन थान होम मेड कटुवा पेस्तोल सहित ६ जना पक्राउ परेको घटनाले चुनाव सुरक्षामा खासै थ्रेट नभएको प्रहरी उपरीक्षक सिहले बताए । 'तराइको जिल्लामा घरमा सहज तरिकाले होम मेड हतियार राख्ने गरिन्छ,' प्रहरी उपरीक्षक सिंहले भने,‘ हतियार र अपराधिको पहिचान थरी प्रहरी उच्च सुरक्षा सतर्कता अपनाएको छ । चुनावमा कुनै सुरक्षा थ्रेट छैन ।’

धनुषामा एक सतामा ६ जना तीन थान हतियार सहति पक्राउ, युवा मृत अवस्थामा भेटिनु, सर्लाही मलंगवाका व्यपारी राकेश चौधरीमाथि सिमावर्ती क्षेत्रमा गोली प्रहार, घरमा सुती रहेकी सर्लाही, बहुर्वाकी ३० वर्षीय गिरीजा कुमारी देवीमाथि गोली प्रहार र रौतहटमा भएको बम विस्फोटको घटनाले प्रदेश नं. २ मा हुदे दोस्रो चरणको चुनावमा सुरक्षा चुनौती थपिएको छ।

पछिल्ला समयमा भएको आपराधिक घटना राजनीतिसँग नजोडिएकोले चुनावमा खासै प्रभाव नपर्ने प्रदेश नं.२ नेपाल प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले बताए । घटना राजनीतिसँग नजोडिएपनि सुरक्षा निकाय सचेत रहेको कायस्थले बताए ।

श्रोत - इ कान्तिपूर

 

 

Back to top