×

वीरगञ्ज ४ मंसिर आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्साको क्षेत्र नम्बर ३ मा मधेसी गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो र अन्य दलका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउने क्रम तीव्र पारेका छन् । सो क्षेत्रमा अन्य पार्टी परित्याग गर्दै अहिलेसम्म हजारौ कार्यकर्ता संघीय समाजवादी फोरममा प्रवेश गरिसकेका छन् । ३ नम्बर क्षेत्रमा मधेसवादी गठबन्धनबाट प्रतिनधिसभा उम्मेदवार हरिनारायण रौनियार र संघीय समाजवादी फोरम नेपालका जिल्ला नेता गौरिशंकर साहको उपस्थितिमा पर्साको बहुअर्वामा नेपाली कांग्रेस र एमालेका सयौं नेता तथा कार्यकर्ताहरु फोरममा प्रवेश गरेका छन् । फोरमका केन्द्रीय सदस्यसमेत रहेका रौनियारले उनीहरुलाई टीका लगाएर पार्टीमा प्रवेश गराएका थिए । यसैगरी सोमबार पनि निर्वाचन क्षेत्रमा चुनावी घरदैलो कार्यक्रम भइरहेको छ । पर्साको रामनगरीमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रौनियार, प्रदेशसभा सदस्यका उम्मेदवार प्रह्लाद गिरी, नेताहरु प्रदीप जैसवाल, अजय गुप्तालगायत सयौंको सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा रौनियारले मधेसीले पाएको अधुरो अधिकारलाई पूर्ण गराएर पर्सालाई विकासमा नमूना जिल्ला बनाउनका लागि आफूले उम्मेद्वारी दिएको बताए । मधेसवादी गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतले जिताउन मतदाताहरुलाई अग्रह गरे ।

Back to top