×

बीरगंज ३ मंसिर पर्सा जिल्ला क्षेत्र नं. २ को प्रतिनिधिसभाका उम्मेदवार बिमल प्रसाद श्रीवास्तव र क्षेत्र नं. २ को “ख” बाट प्रदेशसभा सदस्यको उम्मेदवार रमेश प्रसाद कुर्मीकोे अगुवाईमा विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

राजपा–फोरम गठबन्धनका उम्मेदवारद्वयले आज वीरगंज महानगरपालिका वडा नं. २६ को सुगौली, बहुवरी चौक लगायतका स्थानमा घरदैलो गर्दै मधेस र मधेसी जनताको हक अधिकार सुनिश्चित गर्नको लागि आग्रह गर्नु हुदै राजपा र फोरम नेपालको संयुक्त गठबन्धनलाई जिताउन आग्रह गर्नु भएको थियो । कार्यक्रममा डा। सुरेन्द्र तिवारी, रामचन्द्र पटेल, सशिकपुर मिया, शिवशंकर द्विवेदी, विसरज राउत कुर्मी, लगायतकाले राजपा र फोरम गठबन्धनका उम्मेदवारलाई भारी मतले जिताउन आग्रह गर्नु भएको थियो ।

Back to top