×

वीरगन्ज, मंसिर २ - संघीय समाजवादी फोरम नेपालले पर्सा क्षेत्र नम्बर १ को घरदैलो वीरगन्जको वडा नम्बर १३ मुर्ली र नौका टोलामा सम्पन्न गरेको छ । घरदैलोको क्रर्यक्रममा स्थानीयहरुले अब आफुहरुले परिवर्तनको चाहेको बताउदै उत्साहजनक रुपमा स्वागत गरेपछि घरदैलोमा समेल नेता कार्यकर्ता हौसिएका छन् । पर्सा क्षेत्र नम्बरका सबभन्दा बलियो उम्मेदवारको रुपमा रहेका फोरम नेपालका पर्साका जिल्ला अध्यक्ष एवम् फोरम–राजपा गठबन्धनको तर्फबाट पर्सा क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवको घर दैलो मुर्लीमा उत्सव सरह देखियो । ठाउँठाउँमा स्थानीयले स्वागत गरे, फुलका माला लगाए ।

स्थानीय फोरम तथा राजपाका अगुवाहरुको उपस्थितीमा भएको घरदैलो कार्यक्रममा यस क्षेत्रको प्रदेश सभा क्षेत्र १ बाट उम्मेदवार रहेका फोरम नेता जन्नत अन्सारी समेतलाई उनीहरुदले स्वागत गरे । बिहान सुरु भएको घर दैलोमा पुर्वमन्त्री करिमा बेगम, फोरमका पर्सा जिल्ल उपाध्यक्ष सुन्दर कुर्मी, वडा नम्बर १३ का वडा अध्यक्ष तुफान अन्सारी, वडा नम्बर १२ का अध्यक्ष रामदरश कुशवाहा, नेताहरु सत्यनारायण महतो, घनश्याम साह कान’, युवा नेता दिपक तिवारी, नेता शुशिल साह कानु, प्रकाश शर्मा, कुन्दक सिंह कुर्मी, दिपराज बर्मा, निखिल बर्णवाल, सरफरोज मन्सुरी, असलम आलम, रोहित बर्णवाल लगायतको सहभागिता थियो ।

Back to top