×

वीरगञ्ज, २ मंसिर पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा मधेसी गठबन्धका साझा उम्मेदवार हरिनारायण रौनियारले शनिबार जिल्लाको बहुद्रामाइ नगरपालिकाको छपकैया ८ मा घरदैलो कार्यक्रममा गरेका छन् । शनिबार राती काङ्ग्रेसका बिनोद प्रसाद कुशवाहा सहित १०० जना नेता कार्यकर्ता संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् ।

आगामी मंसिर २१ गते हुन गइरहेको प्रनितिधिसा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा मधेसवादी दलहरुले पर्सामा घरदैलो कार्यक्रम तीव्र पारेका छन् । यसैक्रममा अन्य राजनीतिक पार्टी छोडेर फोरममा प्रवेश गर्नेको लहर नै चलेको छ ।

 

 

Back to top