×

वीरगन्ज २८ कात्र्तिक नेपाली काग्रेसका युवा नेता एव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार अनिल रुगटाले मंगलबार पनि घरदैलो कार्यक्रम गरेका छन । क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २३ सबैठवामा प्रतिनिधि सभाका उम्मेदवार रुगटा र क्षेत्र नम्बर १ कै क बाट प्रदेश सभाका उम्मेदवार रामनारायण कुर्मीले संयुक्त रुपमा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन । वडा नम्बर २३ का स्थानिय तहका वडा अध्यक्षका उम्मेदवार भोला प्रसाद यादवको नेतृत्वमा निकालिएको घरदैलो कार्यक्रममा स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।

Back to top