×

रन्जन यादव बारा २८ कार्तिक जिल्ला प्रशासन कार्यालय बाराले बाराको जीतपुर अवस्थित शिवशक्ति ध्यु उद्योग प्रा.लि.लाई कालाबजारी ऐन अनुसार कार्बाही गरेको छ । शुक्रबार कार्बाही स्वरुप प्रशासन कार्याल बाराले २ लाख ५० हजार जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धर बताउनुभयो ।शिव शक्ति खाध्य उद्योगका प्रशासन प्रमुख राजेश पटेललाई पाँच दिनसम्म नियन्त्रणमा लिई अनुसन्धान गरी आवश्यक प्रतिबेदन जिल्ला प्रशासन कार्यालय बारालाई बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो । आफना कर्मचारीलाई अनावश्यक रुपमा नियन्त्रणमा लिइएको र उद्योग बन्द गर्दा उद्योगलाई ठुलो क्षति हुने जानकारी सहित उच्च अदालत बिरगंजमा मुद्धा गरेको थियो । उच्च अदालतले अनुसन्धान गर्ने प्रहरीको अधिकार भएको भन्दै प्रहरीको पक्षमा समर्थन जनाएको थियो । त्यस्तै उद्योग बन्द गर्दा ठुलो क्षती हुने भन्दै तत्कालकालागि उद्योग बन्द नगर्न अन्तरीम आदेश अदालतले दिइएको थियो । बजारमा अशुद्ध खाने तेल छयापछयापी भेट्न थालेपछि खाद्यय प्रबिधि तथा गुण नियन्त्रण बिभागले बजारमा भेटिएका केही तेलका नमुनाहरु संकलन गरी परिक्षण गरेको थियो ।त्ृयसक्रममा शिवशक्ति ध्यु उद्योग प्रा.लिले उत्पादन गर्ने तोरीको फेमली तेल मापदण्ड बिपरित भेटिएको बिभागका शाखा अधिकृत मोहन पुडासैनीले बताउनुभयो । दशैअघि आपुर्ति बिभागले शिवशक्ति ब्राण्डको फेमली तेलमा अनुगमन गरेको थियो । फेमली तेलको पेरोक्साईड भ्यालु ११ दशमलव ५३ मिनी ईक्वीभ्यालेन्ट किलोग्राम फेला परेपछि उक्त उद्योगमा अनुगमन गरेको थियो ।तेरीको तेलमा पेरोक्साईड भ्यालु १० मिनी ईक्वीभ्यालेन्ट किलोग्राम कम हुनुपर्ने खाद्ययबिज्ञहरु बताउँछन ।बिभागको टोलीले सिलबन्दी गर्न खोज्दा उद्योगका सञ्चालक र कर्मचारीहरुले अवरोध गरेका थिए ।त्यसपश्चात तोरीको तेल उत्पादन डिर्पाट रोक्न आदेश दिएको थियो ।तर उद्योग कर्मचारीले मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।त्यसपश्चात बिभागले कालाबजारी ऐन अनुसार कार्बाही गर्न जिल्ला प्रशासन कार्यालय बारालाई भदौ ३० मा पत्रचार गरेको थियो । अनुगमनको क्रमम अवरोध र निर्देशन अवज्ञा गरेको र गुणस्तरहिन उत्पादन र हुल हुज्जत गरेको आरोपमा कार्बाहीकोलागि पत्र पठाएको थियो ।

Back to top