मधेसी गठबन्धनलाई मतदान गर्न नेता सोनलको अनुरोध

418

Share
  •  
  •  
  •  

पर्सौनी, कातिक २७ – राष्ट्रिय जनता पार्टी (राजपा)का महामन्त्री एवम् बारा निर्वाचन क्षेत्र नम्बर ४ को २ (ख) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार जित्नेद्र सोनलले आज क्षेत्र नम्बर ४ को सम्पर्क तथा निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गर्नु भएको छ ।
बारा जिल्लाको पर्सौनी स्थित उक्त कार्यालयको उद्घाटन गर्दै महामन्त्री सोनलले उस्पस्तिथि सबैलाई राजपा-फोरमको गठबन्धनलाई अत्यधिक मत दिएर सबै उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गर्नु भएको थियो । मधेसको हक अधिकार र विकास मधेसी गठबन्धनको जितले मात्र सम्भव भएको हुनाले सबैलाई मधेसी गठबन्धनलाई मात्र मतदान गर्नु आग्रह गर्नु भयो ।

नेता सोनलले राजपा फोरम गठबन्धन मधेसी जनताको चहना अनुसार भएको हुनाले अब मधेसी जनताको एकढिका भएर राजपा फोरम गठबन्धनलाई जिताउन सबै मधेसीहरुको जिम्मा भएको बताउनु भएको थियो ।कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ता ,सुरेश गुप्ता, सत्यनारायण साह कैलास गोसाइँ,दरोगा साह ,लालबाबु साह,जलेन्धर पटेल शिवनाथ राम लगायत नेता कार्यकर्ता सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here