नेता कार्यकर्ता भन्छन्–मधेसी गठबन्धनको जीत सुनिश्चित

1036

Share
  •  
  •  
  •  

वीरगञ्ज, २७ कत्तिक पर्साको क्षेत्र नम्बर ३ अन्तर्गत सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा मधेसवादी गठबन्धनको कार्यकर्ता भेटघाट तथा चुनावी छलफल सम्पन्न भएको छ । सोमबार साँझ भएको भेलामा सो क्षेत्रबाट संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालका संयुक्त उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउने सन्दर्भमा छलफल केन्द्रित भएको थियो ।
सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिनारायण रौनियारले मतदाताको व्यापक समर्थन र सहभागिताले आफूहरु थप उत्साहित भएको बताए । मधेसवादी गठबन्धनको जीत निश्चित भइसकेको भन्दै रौनियारले यो उत्साहलाई मधेसको अपूरो अधिकारलाई पूर्णता दिएर समतामूलक विकासको पक्षमा रुपान्तरण गर्ने बताए ।
राजपा महासचिव शिव पटेलले मधेसलाई अधिकार र विकासबाट सम्पन्न तुल्याउन मधेसी दलहरुको जितको अरु विकल्प नभएको भन्दै मधेसी जनताले यो पटक मधेसीको सत्ता स्थापना गरेरै छाड्ने बताए । उनले मधेसको सत्तालेमात्र अधिकार र आर्थिक अभिवृद्धिको अगुवाइ गर्न सक्ने पनि दाबी गरे ।
शिवनाथको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर ३ कबाट विधायकका उम्मेदवार मन्जुर आलम, खका प्रह्लाद गिरी, राजपा क्षेत्रीय अध्यक्ष राजनारायण पटेल, फोरमका क्षेत्रीय अध्यक्ष नागेन्द्रप्रसाद यादव, श्रीलाल साह, प्रदीप जयसवाल, फोरमका युवा नेता गौरीनारायण साह, भूपदेव राय चौधरी, चन्द्रिका सहनी, श्यामबाबुप्रसाद कुर्मीलगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here