×

बिरगंज २६ कात्तिक, पर्सा जिल्ला क्षेत्र न.१ को “ख“ बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार ओमप्रकाश सरार्फले आजबाट औपचारिक रुपमा घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

बिरगंजको घन्टाघर स्थिति स्वर्गीय बाबा रामजनम तिवारीको शालिकमा माल्यार्पण गरि चुनावी प्रचार प्रसार अभियान शुभारम्भ गर्नु भएको छ । राजपाका पुर्व केन्द्रिय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मी, उम्मेदवार सर्राफले माल्यार्पण गरी सोहि स्थानबाट घरदैलो सुरु गरेका थिए । माइस्थान, मिना बजार एरियामा भएको घरदैलो कार्यक्रममा पंकज पटेल, युवा ब्यवसायी नेतेस गुप्ता, उपेन्द्र सरार्फ, युवा नेताहरू पनालाल पटेल, संजय पटेल, रिजवी खालिद, दिपु वर्णवाल, रबि गुप्ता, किशोरी गुप्ता, मनोज सरार्फ, राम भरोस साह लगायतको सहभागीता रहेको थियो ।

घरदैलो कार्यक्रममा बिरगंजको बिकास एवं मधेसको अधिकारको सम्बन्धमा विभिन्न नारा उल्लेखित प्लेकार्ड प्रयोग गरि फरक किसिमले कार्यक्रम गरिएको थियो।
Back to top