×

वीरगन्ज २५, पर्साको क्षेत्र नम्बर ३ को पकाह मैनपुर गाउँपालिकाको लहावर थकरीमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको कार्यकर्ता भेला, चुनावी घरदैलो र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । शनिबार सयौं नेता कार्यकर्ताको सहभागितामा भएको कार्यक्रममा तत्कालिन लहावर थकरी गाविसका पूर्वअध्यक्ष विश्वनाथ ठाकुर, धामु ठाकुर सहित नयाँ शक्ति नेपाल र एमालेका सयौं कार्यकर्ता फोरममा प्रवेश गरेका छन् । ३ पटक गाविस अध्यक्ष भइसकेका उनी यसअघि नयाँ शक्ति नेपालमा थिए ।

पार्टीका केन्द्रीय सदस्य सिपु तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार हरिनारायण रौनियार, प्रदेशसभा सदस्यका उम्मेदार प्रह्लाद गिरी, विजयकुमार चौरसिया, उमेश पटेल, जानमहमद आलम, मदन साह कानु, मटर राउतलगायतका नेता कार्यकर्ताहरूको सहभागिता थियो ।

पर्सा क्षेत्र नम्बर ३ मा मधेसी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिनारायण रौनियारले मधेसी जनताको अधिकार र आर्थिक विकासका लागि आफूले उम्मेदवारी दिएको बताए । रौनियारले यस पटकको चुनावमा मधेसमा मधेसवादीको जितले मधेसलाई अधिकार सम्पन्न बनाउँदै विकासको बाटोमा अघि बढाउने पनि बताए । उनले सम्पूर्ण मतदाताहरुलाई अत्याधिक मतले जिताउन आह्वान गरे ।

केन्द्रीय सदस्य सीपु तिवारीले फोरम र राजपाको गठबन्धनले मात्र मधेस अधिकारको मुद्धा संस्थागत हुने बताए । विधायक उम्मेदवार प्रह्लाद गिरीले पर्सा जिल्लामा मधेसी गठबन्धनको जीत निश्चित भएको बताए ।

 

 

Back to top