×

वीरगंज ,२५ कार्तिक - बारा एमाले पुर्व सांसद नजमा आलमका भतिजा अब्दुल गनी फोरम नेपाल पर्सामा प्रवेश गरेका छन् । बारा क्षेत्र नं ४ की प्रत्यक्ष पुर्व सांसद समेत रहेकी नजमा आलमका भतिजा तथा पोखरिया नगरपालिकाका श्रीमान समेत रहेका अब्दुल गनी वीरगंज–२१ लिपनीविर्ताको फोरमको पार्टी प्रवेश कार्यक्रममा प्रवेश गरेका हुन् ।

बारा,परवानीपुर गाउँपालिका लिपनी टोल निवासी गनी फोरम नेपालको सिद्धान्त र प्रभावबाट प्रभावित भएर फोरम नेपाल पर्सासंग आबद्ध भएको बताए ।उनले अगामि दिनमा पार्टीको लागि पर्सा जिल्लाबाट सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैवीच,कार्यक्रममा लिपनीविर्ता वडाका राष्ट्रिय प्रजातन्त्र पार्टीका पुरै सेट नै फोरम नेपालमा प्रवेश गरेको छ ।स्थानिय व्यवसायी तथा समाजसेवी नागमणि उपाध्यायको नेतृत्वमा राप्रपाका पछिल्लो स्थानिय तहको चुनावमा वडा अध्यक्षका उम्मेदवार हृदयनारायण कुशवाहा ,साबिक लिपनीविर्ता गाविस वडा नं ५ का पुर्व अध्यक्ष जवाहिर कुशवाहा,राप्रपा लिपनीविर्ता एकाई अध्यक्ष ऋषि श्रीवास्तव,एमालेका चन्द्रिका कुशवाहा,पटेलनगरका महेन्द्र राउत कुर्मी,मनोज महतो तात्वालगायत दर्जनौ नेता तथा कार्यकर्ता अन्य पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका हुन् ।पार्टीका क्षेत्रीय अध्यक्ष बासुदेव यादवको सभापतित्व तथा क्षेत्रीय सचिव एवम वडा नं २१ का फोरम नेपालका वडा अध्यक्षका उम्मेदवार राधाकृष्ण रौनियारको सहजीकरणमा भएको र्काक्रममा प्रमुख अतिथि एवम वीरगंजका मेयर विजय सरावगी,फोरम नेपाल पर्साका अध्यक्ष तथा पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादव, क्षेत्र नं १(१) का उम्मेदवार जन्नत अन्सारी ,पोखरिया नगरपालिकाकी उपमेयर सल्मा खातुन,पर्सागढि नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै वीरगंजका मेयर विजय सरावगाीले जसरी सरावगीलाई जिताएर वीरगंजको मेयर बनाएको जनताले अगामि निर्वाचनमा पनि राजपा–फोरम गठबन्धनलाई साथ दिन आग्रह गरे ।आसन्न मंसीर २१ को चुनावमा मधेसवादी दलको गठबन्धन विजयी भएपछि वीरगंजको विकास गर्न आफुलाई सहयोग पुग्ने उनले बताए ।दुई नं प्रदेशमा मधेस सरकार बन्यो भने ५० वर्षको विकास ५ वर्षमा गर्न सहयोग पुग्ने उनको विश्वास छ । मुलुकै ६ महानगर मध्य वीरगंजलाई उत्कृष्ठ महानगर बनाउन अगामि निर्वाचन महत्वपुर्ण रहेको उनले जिकिर गरे ।राजपा–फोरम गठबन्धनलाई नै मताधिकार दिई सम्पुर्ण मधेसको समृद्धि र विकासमा योगदान पु¥याउन उनले लिपनीविर्ताका मतदाताहरुसंग आग्रह गरेका छन् ।

Back to top